गौरीगञ्जका बित्तिय सँस्थाहरुले राहत कोषमा दियो १ सय ५० बोरा चामल सहयोग

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज २१ चैत । कोरोना महामारीको कारण देशमा लकडाउन गरिएको अबस्थामा अति बिपन्न परिबारलाइ राहत प्रदान गर्न गौरीगञ्ज गाउँपालिकाले स्थापना गरेको प्रकोप ब्यबस्थापन कोषमा गौरीगञ्ज श्रेत्रका र यस क्षेत्रमा सेवा बिस्तार गरेका बैँक सहकारी लगायतका बित्तिय सँस्थाहरुले १ य ५० बोरा चामल सुहयोग गरेका छन् । सहकारी म्यानेजर क्लब मार्फल सँकलन गरिएका सो राहत सामग्री शुक्रबार पालिका स्तरिय सहकारी समन्वय समितीका अध्यक्ष कर्मा शेर्पाले गौरीगञ्ज गाउँपालिकालाइ हस्तान्तरण गरेका छन् ।
म्यानेजर क्लबमा गौरीगञ्जमा स्थापित र गौरीगञ्ज क्षेत्रमा सेवा बिस्तार गरेका २९ बटा बित्तिय सँस्थाहरु आबद्ध छन् ।
रु १ लाख ९२ हजार ५ सय बराबरको सो सामग्री हस्तान्तरणका बेला गौरीगञ्ज क्षेत्रका सहकारी तथा बैँकहरुका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो । राहत बुझ्दै गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले सबै सहयोगी बित्तिय सँस्थाहरुलाइ धन्यबाद ज्ञापन गरेका थिए भने समन्बय समिती अध्यक्ष शेर्पाले हुने खानेको पोल्टामा राहत सामग्री नपरँस भनि सचेत समेत गराएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *