
चैत २२ काठमाण्डौ । शनिबार एकै दिन नेपालमा तिन जना कोरोना भाइरस सँक्रमित फेला परेको छ । भारतबाट फर्किएका दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषलाई कोरोना भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषलाई पनि कोरोना भाइरस पुष्टि भएको छ।
त्यस्तै, यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त एक जना महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यसअघि दुबईबाट फर्केका धनगढी ३४ वर्षीय युवामा कोभिड–१९ पोजेटिभ देखिएको थियो । उनकी भाउजुको थ्रोट स्वाब परिक्षण गर्दा उनमा पनि कोभिड–१९ पोजेटिभ देखिएको हो । यो स्थानीयमा कोभिड–१९ सरेको पहिलो हो । यसअघि नेपालमा कोभिड–१९ का आयातीय संक्रमितहरु मात्रै देखिएका थिए । यससँगै नेपालमा कोभिड–१९ पोजेटिभको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो फेसबुकमार्फत पनि यसको पुष्टी गरेको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार तीनै जना आइसोलेसनमा छन्। उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

