२४ असार झापा । गौरीगञ्ज गाउँपालिका ले तामझामका साथ असार १० गते शुरु गरेको छैठौ गाउँसभा आज गुपचुप रुपमा समापन गरेको छ । गाउँसभाले करिब ४१ करोडको बजेट पास गरेको बताइएको छ । गाउँसभाको उद्घाटनमा समेत औपचारिक रुपमा सञ्चार कर्मीहरुलाइ बोलाइएको थिएन भने आज समापन होइन बन्द सत्र हो भनेर गाउँपालिका अध्यक्ष बाबुरामका श्रेष्ठ र दिपेन्द्र थापाले गौरीगञ्ज दर्पणलाइ झुठो कुरा बताएका थिए ।
सभामा आज कृषि बिकास र शिक्षा बिकास कार्यक्रम को बारेमा चर्काचर्की भएको एक सदस्यले बताएका छन् । गाउँसभा बिहान ७ बजे देखि नै बोलाइएको मा दिउसो १ बजे शुरु भएको विषयमा समेत सभामा चर्काचर्की भएको कुरा बताइएको छ । ठेकेदारले समयमै काम नसके उक्त ठेकेदार कम्पनीलाइ कालो सुचीमा राखिने नियम समेत गाउँसभाबाट पारित गराइएको कुरा उक्त सदस्यले गौरीगञ्ज दर्पणलाइ बताएकाछन् । अघिल्लो बर्षको बाकि हिसाब समेत नआएकोले (अल्या) रकम समेत बजेटमा समाबेस नभएको र गोलमटोल बजेट ल्याएको कुरा बताइएकोछ ।
गाउँसभाले उत्कृष्ट कार्यसम्पादन गर्ने तिन जना कर्मचारीहरु स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र , योजना शाखा प्रमुख नारायण चँदारा र कार्यालय सहयोगी अनिल यादवलाइ सम्मान गरेका छन् ।
सामान्यतया गाउँसभामा सञ्चारकर्मी तथा अन्य अतिथीलाइ बोलाउने जिम्मा कार्यकारी अधिकृतको हो तर १० गते को उद्घाटन सत्रमा उपाध्यक्ष दिपेन्द्र थापाले फोन गरेर अनेपचारीक रुपमा सँचसरकर्मि हरुलाइ खबर गरेका थिए ।
उद्घाटन सत्रमा सँचसरकर्मीलाइ खबर गर्नु तर बजेट पारित गर्ने समापनको दिन गुपचुप रुपमा गाउँसभा सक्नुले दालमे कुछ काला है स्पष्ट रुपमा भन्न सकिन्छ ।
गुपचुपमा गौरीगञ्जको छैठौ गाउँसभा समापन
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्

