बुधबार २ सय ५५ नयाँ सँक्रमित थपिए

पढ्न समय: 1 मिनेट

२४ असार, काठमाडौं । बुधबार नेपालमा कोरोना भाइरसका २ सय ५५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।
त्यस्तै बुधबार २ सय ५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्