गाउँपालिका स्तरीय अन्तर बिद्यालय खेलकुद सम्पन्न (विजेताहरुको नाम सहित)

पढ्न समय: 4 मिनेट

गौरीगञ्ज फागुन २ । झापाको गौरीगञ्ज गाउँपालिकाको आयोजनामा अन्तर बिद्यालय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा १ देखि ८ सम्मका बिद्यार्थीहरुलाइ बिभिन्न बिधामा प्रतिस्पर्धा गराइएको थियो ।
कक्षा १ देखि ३ सम्मका बिद्यार्थीहरुको स्मरण खेलमा छात्र तर्फ साधुकुटी बोडिङका शेषलाल महतो युनिभर्सल एकाडेमीका सौरभ सिँह र सरस्वती प्राबिका शिवम् ताजपुरिया क्रमश प्रथम द्वितिय र तृतिय भएका छन् भने छात्रा तर्फ साधुकुटी बोर्डिङका सुस्मिता सिँह सनसाइनका अँकिता राजवँशी र क्रिमसनका अँकिता अर्जेल क्रमश प्रथम द्वितिय र तृतिय भएका छन् ।
त्यसैगरि कऊ १ देखि ३ सम्मको १०० मिटर दौडमा छात्र तर्फ ज्ञानोदयका प्रल्हाद महतो राष्ट्रिय प्राबिका सञ्जय महतो र साधुकुटीका निरज सिँह क्रमश प्रथम द्वितिय र तृतिय भएका छन् भने छात्रा तर्फ युनिभर्सलकी ज्योती यादब गेउरिया प्राबिकी पुजा ऋषिदेब र बालकल्याणकी पुष्पा निरौला क्रमश प्रथम द्वितिय र तृतिय भएका थिए ।
कक्षा ४ देखि ५ सम्मकँ १०० मिटर दौडमा छात्र तर्फ बालकल्याणका मनोज हेमरम ज्ञानोदयका सुनिल महतो र युनिभर्सलका गौतम सिँह क्रमश प्रथम द्वितिय र तृतिय भएका थिए भने छात्रा तर्फ बगुवा प्राबिकी मेलिना ताजपुरिया जनकल्याणकी दिपा हेमरम र अधारभुत जनकल्याणकी सुरुजमुनी मुर्मु क्रमश प्रथम द्वितिय र तृतिय भएका थिए ।
कक्षा ४ देखि ५ सम्मको हिसाब दौडमा छात्र तर्फ सनसाइनका बिबेक राजवँशी डनभिलेजका सुतुब घिमिरे र युनिभर्सलका अमिस दाहाल क्रमश प्रथम द्वितिय र तृतिय भएका छन् भने छात्रा तर्फ युनिभर्सलकी रिया दास ज्ञानकुञ्जकी अस्लेशा गिरी र सनसाइनकी निशा राजवँशी क्रमश प्रथम द्वितिय र तृतिय भएका छन् । कक्षा ६ देखि ८ सम्मको १०० मिटर दौडमा छात्र तर्फ आदर्श माबिका रोबिन राजवँशी गौरीगञ्ज माबिका सन्तोष थापा र बालकल्याणका बिजय सहानी क्रमश प्रथम द्वितिय र तृतिय भएका छन् भने छात्रा तर्फ आदर्श माबिकी बिनिसा कार्की देबकोटाकी करुणा राजवँशी र न्यु युनिभर्सलकी सृष्टी राजवँशी क्रमश प्रथम द्वितिय र तृतिय भएका छन् ।
कक्षा ६ देखि ८ सम्मको २०० मिटर दौडमा छात्र तर्फ युनिभर्सलका जाबिद आलम ज्ञानकुञ्जका साहेब टुडु र बालकल्याणका बिजय सहानी क्रमश प्रथम द्वितिय र तृतिय भएका छन् । त्यसै गरि सोहि खेलमा छात्रा तर्फ युनिभर्सलकी मरियम मुर्मु न्यु युनिभर्सलकी दिपिका राजवँशी र आदर्शकी आकृती अधिकारी क्रमश प्रथम द्वितिय र तृतिय भएका छन् ।
कक्षा ६ देखि ८ सम्मको लँग जम्पमा छात्र तर्फ न्यु युनिभर्सलका आदित्य राजवँशी मुनलाइटका मोहम्मद कैफ र ज्ञानकुञ्जका साहेब टुडु क्रमश प्रथम द्वितिय र तृतिय भएका छन् भने छात्रा तर्फ आदर्शकी आकृती अधिकारी गौरीगञ्ज माबिकी सपना पासवान र खजुरगाछी माबिकी मनमाया शिवा क्रमश प्रथम द्वितिय र तृतिय भएका छन् । कक्षा ६ देखि ८ सम्मको हाइ जम्पमा छात्र तर्फ ज्ञानकुञ्जका मनिस साह न्यु युनिभर्सलका आदित्य राजवँशी र क्रिमसनका पँकज राजवँशी क्रमश प्रथम द्वितिय र तृतिय भएका छन् भने छात्रा तर्फ न्यु युनिभर्सलकी दिपिका राजवँशी क्रिमसनकी ज्योती राजवँशी र जनता आबिकी पुजा राजवँशी क्रमश प्रथम द्वितिय र तृतिय भएका छन् । फुटवल तर्फ स्नोह्वाइट सँगको प्रतिस्पर्धामा पेनाल्टीमा १ गोल गर्दै सनसाइनले जित हात पारेको छ भने छात्र तर्फको क्रिकेटमा युनिभर्सल एकाडेमीले र छात्रा तर्फको क्रिकेटमा स्नोह्वाइट ले जित हात पारेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *