रँगेलीका उद्यमीहरुसँग खाद्य स्वच्छता बारे एक दिने अन्तरकृया सम्पन्न

पढ्न समय: 2 मिनेट


रबिन्द्र बराल
माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको रंजनी कृषि बहुउद्देशीय सहकारी संस्था लिमिटेड डेरी ,पानी, तथा तेल उधमिहरु संग खाध स्वच्छतावारे एक दिने अन्तनरक्रिया गरेको छ । कार्यक्रममा रंगेली ,दर्वेशा,रंजनि , अामताेला , चाेप्राहा , फर्सडागि लगायतका कृषक तथा उधमि हरु काे सहभागीता रहेको थियो । नेपाल सरकार कृषि तथा पशुपन्छि विकास मन्त्रालय खाध प्रविधि तथा गुण नियन्त्रण बिभाग खाध प्रबिधि तथा गुण नियन्त्रण कार्यलय बिराटनगर ले कार्यक्रम काे अायाेजना गरेको थियो । कार्ययक्रम काे प्रमुख अतिथि रंगेली नगरपालिका का बडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मंन्डल , विशिष्ट अथिति खाध प्रबिधि गुण नियन्त्रण कार्यलय का प्रमुख राज कुमार रिजाल , खाधय अनुसन्धान का अधिकृत काशीनाथ घिमिरे , धसंजय भण्डारी रंजनी कृषि बहुउद्देशीय सहकारी संस्था लिमिटेड का अध्यक्ष गाेपाल प्रसाद कडरीया, देवि प्रसाद मैनाली , लगायत काे उपस्थित समेत रहेको थियोे । अन्तक्रिर्या कार्यक्रममा सबै कृषक,उपभोक्त र सर्वसाधारण हरुले हरेक बजारमा पाईने बस्तु हरुकाे नमुना चेकजाँच र परिक्षण गर्ने, अाम जनता हरुलाई जनचेतना अभिवृद्धि गर्ने, कृषकले पशुलाई दिने अाहारा दिदा कुहिएको र सडेकाे खाने कुरा दाना नदिने, र कुहिएको र सडेको दाना ले त्यहीं दुघ काे माध्यम बाट पुनः हामीले खाने गर्दा तुरुन्तै असर नदेखिए पनि पछि गएर हामीलाई विभिन्न राेग हरु समेत लाग्ने भएको हुनाले सबै कृषक हरुले ध्यान दिनुपर्ने कुरामा सबै कृषकले ध्यान दिनुपर्ने जरुरी हुन्छ । र पानी स्वच्छ दिने र गाई, भाैसि दुहदा फाचाेलाई राम्रोसँग पखाल्ने, ग्राहक लाई राम्रो र ताजा मात्रै खाध्नय बिक्रीवितरण गर्ने कृषक हरुलाई जानकारी गराएका थिए ।
रंजनी कृषि बहुउद्देशीय सहकारी संस्था लिमिटेड काे अाफ्नै भवनमा साेे कार्यक्रम गरिएको थियोे ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *