२४ जेठ गौरीगञ्ज । आज किस्नी खोलामा डुबेर एक युवकको मृत्यु भएकोछ । गौरादह ८ जुरोपानीका अन्दाजको १९ बर्षका एक पुरुषको खोलामा पौडि खेल्ने क्रममा डुवेर ज्यान गएको कुरा स्थानियहरुले बताएका छन् । मृत्यु हुनेमा स्थानिय टँक कोइरालाका छोरा सागर कोइराला रहेको कुरा गौरीगञ्ज दर्पण डटकमका जुरोपानी सहकर्मी पुष्पराज शर्माले बताएका छन् । मृतक युवक, साथी हरु सँग दिउसो पौडि खेल्न गएको कुरा बुझिएको छ ।
उनको शब दिउसो ३ बजे तिर किस्नु बाँध छेउमा फेला परेको स्थानियहरुले बताएका छन् ।
मृतकको शबलाइ पोस्टमार्टमका लागि दमक पठाइएको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

