आज बाट सीमामा अलपत्र परेका नेपालीलाइ झापा ल्याइदै : १ हजार ९० बेडको क्वारेनटाइन तयार

पढ्न समय: 1 मिनेट

५ जेठ। भारतमा अलपत्र परेका नेपालीलाई आजदेखि उद्धार गरेर ल्याउने भएपछि झापाको विभिन्न ठाउँमा करिव ११ सय बेडको क्वारेन्टाइन व्यवस्था गरिएको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिको शनिवार सम्पन्न बैठकले उद्धार गरिएका नागरिक राख्नको लागि क्वारेन्टाइन खोजी गर्ने निर्णग गरेको थियो । सोहि अनुसार आइतवार समितिले १ हजार ९० बेडको कवारेन्टाइन बनाउने ठाउँ निश्चित गरेको छ ।

- Advertisement -
Ad image

समितिका संयोजक सोमनाथ पोर्तेलका अनुसार दमकको मदन भण्डारी प्रतिष्ठानको नर्सिङ कलेजसहित अर्को एक प्रविधिक शिक्षालयमा २ सय, बिर्तामोडको कञ्चनजंगा नर्सिङ कलेजमा ३ सय, मेचीनगरको आदर्श मावि र राधास्वामीमा १५० ,मेची क्याम्पस भद्रपुरमा ३ सय, कलवलगुरीमा ९० र अर्जुनधाराको शनिश्चरे माविमा ५० बेडको क्वारेन्टाइन बनाउने निश्चित भएको छ ।

सीमामा अलपत्र नेपालीलाई ल्याएर क्वारेन्टाइमा राखिने र उनीहरुको स्वास्थ्य परीक्षणमा कोरोना नभएको पुष्टि भएपछि मात्रै जान दिने संयोजक पोर्तेलको भनाई छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *