
गौरीगञ्ज । कृषि ज्ञान केन्द्र झापाबाट सञ्चालित र स्थानीय तहहरुका कृषक समुह सहकारी र अन्य कृषि सँबन्धी सँस्था मार्फत किसानका नाममा पठाइएको चैते धान सहयोग अनुदान कार्यक्रमको अनुदान रकम मुल कृषकको हातमा नगइ बिचैलियाले खाइ दिएको खबरहरु केहि स्थानीय तहहरुमा सार्बजनिक भए पछी यो कार्यक्रम बिबादमा परेको छ ।
गौरीगञ्ज गाउँपालिका वडा नँ २ को मानसाँवा कृषक समुह तुलाचन कृषक समुह कन्काइ बिपद ब्यबस्थापन कृषक समुह र वडा नँ ३ को ठेकिटोला कृषि सहकारी मार्फत ज्ञान केन्द्रले पठाएको रु १९ लाख सात हजार ३०० रुपैया कृषकलाइ नवाँडी गुपचुप राखिएको थियो भने यि समुहहरुले कतिपय मृतक ब्यक्ती जग्गा जमिन नभएको ब्यक्ती र बसाइ सराइ गरेर गइ सकेका ब्यक्तीको नाममा समेत किर्ते हस्ताक्षर गरि रकम निकासा गरेको पाइएको थियो ।
अनुदान रकम खोजि हुन थाले पछी ठेकीटोला कृषि सहकारीले भने रातारात अनुदान रकम बाँडेका थिए । यद्यपी ठेकिटोला कृषि सहकारीले हतारै हतारमा केहि गैर कृषकहरुलाइ समेत रकम दिएको आरोप छ । गौरीगञ्ज दर्पणले यो खबर निरन्तर प्रकाशित गरेपछी गौरादह ९ बैगुन्धुराका कृषकहरुले समेत उक्त वडामा बन्कामइ जल उपभोक्ता समिती मार्फत आएको २० लाख ६२ हजार अनुदान को खोजि गर्न थालेका छन् । गौरीगञ्ज दर्पणले उक्त खबर साउन ३१ गते भिडियो रिपोर्ट सहित प्रसारण गरेपछी आज वडा कार्यालय बैगुन्धुरामा कृषि ज्ञान केन्द्र झापाका शाखा अधिकृत शेषराज पौडेल प्राबिधिक खिर बहादुर श्रेष्ठ सहितको ६ली आज बैगुन्धुरा आएका थिए । उपस्थित पिडित कृषकहरुले यस अनियमिततामा कृषि ज्ञान केन्द्र र वडा कार्यालय माथि दर्जनौ प्रश्नहरु उठाए ।
यसै सन्दर्भमा हामीले तचयार पारेको भिडियो रिपोर्ट हामी केहि समय पछी गद्रीगञ्ज दर्पण मार्फत प्रसारण गर्नेछौ ।
चैते धान कृषक अनुदान कार्यक्रम सञ्चालित क्षेत्रमा एक पछी अर्को बिबाद आउन थालेपछी गौरीगञ्ज दर्पणले यो कार्यक्रम झापाको कुन कुन स्थानीय तहमा सञ्चालित छ भनेर खोजि गरेको छ । गौरीगञ्ज दर्पणले कृषि ज्ञान केन्द्र चन्द्रगढी पुगेर कार्यक्रम सञ्चालित स्थानीय तह र सो स्थानीय तहमा अनुदान लाने आधिकारिक सँस्थाको लिस्ट झिकाएको छ ।
कृषि ज्ञान केन्द्र चन्द्रगढीले उपलब्ध गराएको लिस्ट अनुसार चैतेधान कृषक अनुदान कार्यक्रम झापाका सात वटा स्थानिय तहहरुमा १२ वटा सँस्था मार्फत सञ्चालन भएको देखिन्छ ।
गौरीगञ्ज गाउँपालिका गौरादह नगरपालिका कमल गाउँपालिका शिवसताक्षि नगरपालिका अर्जुनधारा नगरपालिका हल्दिबारी गाउँपालिका र झापा गाउँपालिकामा सञ्चालित यस अनुदान कार्यक्रममा यि सात वटा स्थानिय तहका १२ वटा सँस्थाहरुले अनुदान कार्यक्रम सञ्चालन गरेको देखिन्छ ।
गौरीगञ्ज वडा नँ २ को मानसाँवा कृषक समुह मार्फत रु ६ लाख ८४ हजार ५०० तुलाचन कृषक समुह मार्फत ४ लाख ६७ हजार कन्काइ बिपद ब्यबस्थापन कृषक समुह मार्फत ३ लाख ६७ हजार गौरीगञ्ज ३ स्थित ठेकिटोला कृषि सहकारी मार्फत ३ लाख ८९ हजार रुपैया अनुदान आएको थियो भने कमल गाउँपालिका २ स्थित आइपिएक कृषि सहकारी मार्फत रु ६ लाख ३२ हजार हल्दिबारी गाउँपालिका ४ स्थित साना किसान कृगि सहकारी मार्फत २ लाख २८ हजार ७ सय शिब सताक्षि ३ स्थित हाम्री हातेमालो कृषि सहकारी मार्फत ३ लाख १ हजार शिबसताक्षि १ कै हाम्रो हातेमालो कृषि सहकारी मार्फत १ लाख ९२ हजार शिबसताक्षि २ को हाम्रो हातेमालो कृषि सहकारी मार्फत ५ लाख २४ हजार अनुदान रकम आएको देखिन्छ ।
त्यसै गरि अर्जुनधारा नगरपालिका ४ स्थित जनमिलन महिला कृषि सहकारी मार्फत ४ लाख २ हजार रुपैया र झापा गाउँपालिका ६ स्थित स्तरिय मुल कृषि सहकारी मार्फत रु ३ लाख १७ हजार रुपैया अनुदान आएको छ भने गौरादह नगरपालिका ९ स्थित कन्काइ जल उपभोक्ता समिती मार्फत २० लाख ६२ हजार रकम अनुदान निकासा भएको छ । तर कृषि ज्ञान केन्द्रले दिएको लिस्टमा कन्काइ जल उपभोक्ता समितीको ठेगाना भने शिबसताक्षि ५ गौरादह उल्लेख गरिएको छ ।

