इलाका प्रहरी कार्यालय गौरीगञ्जमा भट्टराइलाइ स्वागत शर्माको बिदाइ

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज भदौ २ । इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी निरीक्षक टेकेन्द्र शर्माको सरुवा भए पछी उनका स्थानमा इटहरी सुनसरीका गणेश प्रसाद भट्टराइको आगमन भएको छ ।
इलाका प्रहरी कार्यालयले आज बेलुकी एक कार्यक्रमको आयोजना गरि भट्टराइलाइ स्वागत र शर्मालाइ बिदाइ गरेका छन् । नब आगन्तुक प्रहरी निरीक्षक भट्टराइ यस अघि सँघिय प्रहरी इकाइ कार्यालयमा कार्यरत थिए भने यिनी हाल काज सरुवामा गौरीगञ्ज आइपुगेका हुन् । गौरीगञ्जमा कार्यरत प्रहरी निरीक्षक शर्माको भने जिल्ला प्रहरी कार्यालय रामेछापमा सरुवा भएको छ ।
भट्टराइको स्वागत र शर्माको बिदाइ कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापाले गौरीगञ्जको शान्ति सुब्यबस्था कायम राख्न शर्मा झै भट्टराइको पनि कार्यकाल सफल रहने आशा ब्यक्त गरेका थिए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *