१६ जेठ गौरीगञ् । आज एकै दिन नेपालमा १ सय ७० जनामा कोरोना सँक्रमण पुष्टी भएकोछ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा थप १७० जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिएका छन् ।
यस्तै नेपालमा कोरोनाभाइरस संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको छ । उपचारका क्रममा ६ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

