रबिन्द्र बराल
रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत धनपालथान गाऊपालीका २ स्थित बेतौना चाेकमा २१ गते दिउँसो ४ बजे पश्चिम बाट पुर्व आउदै गरेको कर्सियामा रहेको बनस्थली बोडिग स्कुल को १ ख १८६८ नम्वरको बस र विपरीत दिशा बाट जादै गरेको ना ६५ प ४३७५ नम्वरको मोटरसाईकल एकआपसमा दुर्घटना हुदा मोटरसाईकलमा सवार चालक र पछाडि सबार गम्भीर घाईते भएका थिए । घाईते हुनेमा रंगेली नगरपालीका २ बस्ने २५ वर्षीय शैलेन्द्र राजवंशी काे सिलगडिमा उपचारका क्रममाबिहीबार मृत्युु भएको प्रहरीले जनाएको छ । उनको श्रीमती सकुन्तला राजवंशी काे बिराटनगरमा उपचार भईरहेकाे उनकाे टाउकोमा चाेट लागिएको परिवारले जनाएको छ । परिवाका अनुसार उनी हरु काे १५ दिन अगाडि बैवाहीक जिवनमा बाँधिएका थिए । उनको माईती गौरीगञ्ज ६ आठमौजा हो ।
बस चालक फरार रहेकाेे हुनाले उनकाे खाेजिकार्य भईरहेकाे छ । बस प्रहरी काे नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय रंगेली का प्रमुख कबिन्द्र कार्कीले बताए ।




दुखद।घटना को छानबिन गरि कार्यवाहि गरियोस।मृत्यु लाई हार्दिक श्रध्ददाञ्जली घाइते लाई शिग्रह स्वास्थ्य लाभको कामना।
दुखद।घटना को छानबिन गरि कार्यवाहि गरियोस।मृत्यु लाई हार्दिक श्रध्ददाञ्जली घाइते लाई शिग्रह स्वास्थ्य लाभको कामना।