
४ जेठ गौरीगञ्ज । हिजो जिल्ला कोरोना संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समिति झापाको पुर्ण बैठकले भारतमा अलपत्र परेका नेपालीहरुलाइ जेठ ५ गते पछी नेपाल आउन दिने निर्णय गरे सँगै पुर्व तयारीका लागि भोलि गौरीगञ्जमा बैठक बस्ने भएको छ । रतुवा पुर्व र माइ पश्चिम बिचमा रहेका स्थानिय तहहरु गौरीगञ्ज गाउँपालिका, गौरादह नगरपालिका, दमक नगरपालिका, कमल गाउँपालिका र शिब सताक्षी नगरपालिकाका जनप्रतिनिधि हरु बिच बैठक बस्न लागिएको कुरा श्रोत ले बताएको छ । यि ५ वटा पालिका हरुमा स्थायि बसोबास भइ भारतमा रोजगार वा अध्ययनको शिलशिलामा गएका र अहिले घर फर्कने क्रममा अलपत्र परेका नेपाली हरुलाइ कसरी सुरक्षित प्रवेश दिने र क कस्ता साबधानी अपनाउने भन्ने बिषयमा छलफल हुने कुरा गौरओगञ्ज गाउँपालिका का उपाध्यक्ष दिपेन्द्र थापाले जनाएका छन् । गौरीगञ्जको सीमा भारतसँग जोडिएको र भारत बाट यि पाच वटा पालिकामा भित्रन गौरीगञ्जकै बाटो प्रयोग गर्नु पर्ने भएकाले आवश्यक सावधानी, सतर्कता र पुर्व तयारीका लागि बैठक बस्न लागिएको कुरा उपाध्यक्ष थापाले बताएका छन् ।
उनिहरु लाइ सुरक्षित नेपाल प्रवेश गराउन कुन बाटो प्रयोग गर्न दिने भन्ने बारे आज स्वास्थ्य शाखा सुरक्षा निकाय र गौरीगञ्जका जनप्रतिनिधिहरु बिच आन्तरिक छलफल भएको कुरा श्रोतले बताएको छ । उनिहरु लाइ नेपालमा सावधानी सहित सुरक्षित प्रवेश गराउन किस्नी पुर्व एउटा बाटो र कस्नी पश्चिम अर्को बाटो गरि दुइ वटा बाटो प्रयोगमा ल्याइने र आवश्यक स्वास्थ्य जाँच सहित क्वारेन्टाइन मा राखिने बारे समेत छलफल भएको बताइएको छ । गौरीगञ्ज ६ स्थित अस्पतालको नयाँ भवनमा सञ्चालित क्वारेन्टाइन अपुग भए गौरीगञ्ज क्याम्पसको भवनलाइ क्वारेन्टाइन को रुपमा प्रयोग गर्ने तयारी शुरु गरिएको कुरा उपाध्यक्ष थापाले बताएका छन् ।

