सरकार भन्दा पहिले रबि र धुर्मुस राहत लिएर पुगे बारा

पढ्न समय: 2 मिनेट

हास्य कलाकार सिताराम कट्टेल धुर्मुस लगायत बरीष्ट पत्रकार रबि लामिछाने यति बेला बारामा पुगेका छन। आईतबार भएको घटनाको अबस्था बुझ्दै राहत सामग्री लिएर धुर्मुस र रबि लामिछाने न्युज २४ लगायत टिम यतिबेला बारा पुगेका छन। त्यहा पुगेर धुर्मुसले र रबिले आफुले सक्ने सहयोग गरिरहेको छन। उनि पुगेको ठाउँमा कस्तो छ अबस्था भन्ने प्रश्नमा उनि भाबुक हुदै बताउछन’ सम्हाल्न सक्ने अबस्था छैन, चारैतिर रुवाबासी छ, बस्ने बास छैन खाने अन्न छैन बिरक्त अबस्था छ’।

धुर्मुसले एका बिहानै आफ्नो सामाजिक संजलामा लेखेका थिए : आँधी हुरीले तराईमा तहसनहस गरेको समाचारले बेचैन बनाएको छ । ज्यान गुमाउनु हुनेप्रति हार्दिक श्रद्धाञ्जली, घाउचोट लागेकाहरुलाई शीघ्र स्वास्थ्य लाभको कामना र शोक सन्तप्त परिवार प्रति धैर्य धारणको शक्ति मिलोस । आफुले सकेको सहयोग गर्न काठमाडौंबाट बारा/पर्साका लागि निस्किसकेको छु ।

- Advertisement -
Ad image

त्यस्तै रबि लामिछाने लेख्नु हुन्छ : MID NIGHT UPDATE : अस्पताल पुगि बिरामीको हाल बुझ्यौ। रगत, औषधीको अभाव छैन, प्रदेश सरकारले एकदमै जिम्मेवार भुमिका खेलेको छ। राहत देखि उपचार, पुनःस्थापनाको सारा जिम्मेवारीको घोषणा गरिसकेको छ।थप बुझ्न रातको ९ बजे हामी पुनः हुरि प्रभावित क्षेत्रमा पुग्यौ। केही दिनकालागि पुग्ने राहत सामग्री स्टकमा छ।हामिलेपनि चामल,चिउरा,बिस्कुट,चाउचाउ ,पानी भरपुर मात्रामाआफैले पुर्यायौ। साथै राति ११ बजे तिर डाक्टर सहित गयौ, केहिको स्वास्थ्य स्थिती भुझ्यौ, सङै गएका डाक्टर मुकुलले चेक जाँच गरि उपयोगी स्वास्थ्य सल्लाह दिए र हामी करिब ११:३० बजे फर्कियौ।

लाम्खुट्टेले टोकेर र शायद हुरीको डरले धेरै जना निदाएका छैनन्। देशबाट अनि विशेष गरि बिदेशबाट सहयोग गर्नु हुने सबैलाई धन्यवाद। थप आवश्यक सहयोग आवश्यक परे हामी सबै तैनाथ छौ। यो एकता सदा जिवित रहोस्।

kalikanews बाट साभार

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *