नेकपा गौरीगञ्जको गाउँ कमिटी र वडा कमिटीले खाए पद तथा गोपनियताको सपथ

पढ्न समय: 2 मिनेट


गौरीगञ्ज । लामो समयपछी गठीत नेकपा गाउँ कमिटी र वडा कमिटी गौरीगञ्जका पदाधिकारीहरु पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मँगलबार दिउसो गौरीगञ्जको खजुरगाछी स्थित शिवालय मन्दिरको सभाहलमा आयोजित एक कार्यक्रमका बिच उनिहरुले सपथ ग्रहण गरेका हुन् ।
नेकपा केन्द्रिय कमिटी सदस्य देबेन्द्र दाहालले उनिहरुलाइ पद तथा गोपनियताको सपथ खुवाएका थिए । नेकपा प्रदेश कमिटी अध्यक्ष देबराज घिमिरेको प्रमुख अतिथ्यमा भएको सो सपथ ग्रहण कार्यक्रममा झापा क्षेत्र नँ ४ का साँसद एलपी साँवा तथा प्रदेश साँसद झलक सिँह दर्लामी तथा बिजय साम्पाङ राजु आचार्य हृदय ठाकुर कल्पना कार्की लगायत केन्द्रिय कमिटी तथा प्रदेश कमिटी सदस्यहरुको उपस्थिती रहेको थियो ।
सपथ खुवाउनु अघी प्रदेश साँसद झलक सिँह दर्लामीले गौरीगञ्ज गाउँ कमिटीका पदाधिकारीहरुको नाम बाचन गरेर गाउँ कमिटीको घोषणा गरेका थिए भने बिजय साम्पाङले गौरीगञ्‍जका ६ वटै वडा कमिटीहरुका पदाधिकारीहरुको नामावली वाचन गरेर वडा कमिटीहरुको घोषणा गरेका थिए ।
साँसल एलपी साँवाले कार्यक्रमलाइ सँबोधन गर्दै जेठ देखि सामाजिक सुरक्षा भत्ता बढ्ने कुरा बताए ।
नेकपा गौरीगञ्ज गाउँ कमिटीको अध्यक्ष मा बिद्यानन्द सिँह राजवँशी र सचिबमा बिष्णु न्यौपाने चयन भएका थिए भने वडा नँ १ मा बुध नारायण राजवँशी वडा नँ २ मा टेक नारायण राजवँशी वडा नँ ३ मा रुपक श्रेष्ठ वडा नँ ४ मा सन्तलाल ताजपुरिया वडा नँ ५ मा अशोक ताजपुरिया र वडा नँ ६ मा मान बहादुर राजवँशीको तृत्वमा वडा समिटी चयन गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *