सरकारले माग्यो स्थानीय तह सँग हाट बजारको बिबरण

पढ्न समय: 1 मिनेट

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरुसँग के कति परिमाणमा परम्परागत हाटबजार स्थानीय स्तरमा सञ्चालन भएका छन्, तिनको विवरण जानकारी गराउन बुधबार परिपत्र जारी गरेको छ ।

सो सम्बन्धी विवरण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सामान्य प्रशासन मन्त्रालय समक्ष मागेबमोजिम उक्त निर्देशन दिइएको जनाइएको छ ।

- Advertisement -
Ad image

मन्त्रालयले यही भदौ १८ गते सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेर पन्ध्रौं योजनाको विस्तृतीकरणको सन्दर्भमा राष्ट्रिय योजना आयोगबाट प्राप्त यस मन्त्रालयसँग सम्बन्धित नतिजा सूचक विवरण भर्ने प्रयोजनका लागि ७७ वटै जिल्ला अन्तर्गत रहेका स्थानीय सरकार–तहबाट के कति परिमाणमा परम्परागत हाटबजार सञ्चाजलन गर्न अनुमति दिइएको छ, यथासक्य चाँडो संख्यात्मक विवरण संकलन गरी उपलब्ध गराइ सहयोग पुर्याइदिनु हुन आदेश अनुसार अनुरोध छ भन्ने व्यहोराको पत्र पठाएको थियो । 

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *