प्याट्रोलियम पदार्थको मुल्य घट्यो

पढ्न समय: 1 मिनेट

काठमाडौँ, भदौ २४ गते । नेपाल आयल निगमले डिजेल/मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ ।

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटनको अवसरमा डिजेल/मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाइएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार मंगलबार मध्याह्न १२ बजेदेखि डिजेल/मट्टितेल र पेट्रोलको मूल्य लागू हुने घटाइएको जानकारी दिनुभयो ।

- Advertisement -
Ad image

मूल्य घटेसँगै प्रतिलिटर डिजेल/मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ । निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउँदै छ । पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *