सँक्रमित सँख्या १ हजार ७ सय ९८ पुग्यो

पढ्न समय: 1 मिनेट

१९ जेठ गौरीगञ्ज । गएकोको २४ घण्टामा नेपालमा थप २२६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार झापाका २, नवलपरासीका ३, दैलेखका ५१, जुम्लाका १९, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिराहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १ र कञ्चनपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।
थपिएका संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् ।
यो सँगै कुल सँक्रमितको सँख्या १ हजार ७ सय ९८ पुगेको छ ।‌

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *