कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नम्बर नं. ७ कुशहवाको वडा कार्यालयबाट शुक्रवार राति साबुन, मास्क र सेनिटाइजर चोरी भएको छ ।
चोरले कार्यालयको झ्याल तोडेर कार्यालय भित्र राखिएको १ सय थान सेनिटाइजर, १२० थान साबुन १ सय थान मास्क चोरेर लगेको वडा सचिव राकेश चौवेले बताएका छन् ।
यस्तै वडाको दराज तोडफोड र कागजात समेत च्यातिएको वडा अध्यक्ष मोहम्मद अब्दुल समाद मुसलमानले बताएकाछन् । कार्यालयको दराजमा राखिएको मालपोत दस्तुर र राजस्वबाट संकलन भएको ३५ हजार चोरी भएको वडाध्यक्ष मुसलमानले बताए ।
प्रहरी चौकी बढनीका प्रहरी सहायक निरिक्षक विनय श्रीवास्तवले घटनाको अनुसन्धान र चोरी गर्ने गिरोहको खोजीकार्य जारी राखेको बताएकाछन् ।
प्रतिक्रिया लेख्नुहोस्

