लकडाउनले खरबुजा, लौका, फर्सी, काँक्रा खेतमै नष्ट

पढ्न समय: 3 मिनेट


रबिन्द्र बराल
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण माेरङकाे रंगेली नगरपालिका ४ स्थित बक्राह खाेला र चिस्याङ खाेलाकाे बगरमा खरबुजा खेती २५ बर्ष देखि खेति गर्दाे अाएका किसान मर्कामा परेका छन् । लकडाउनका कारण रंगेली का किसानले लगाएको २२ सयाँै बिघामा उत्पादन गरेको खरबुजा बजारसम्म पुर्याउन नसक्दा खाेलाकै बगरमा कुहिने अवस्था आएको ४५ बर्षका किसान छितन मंन्डल ले बताए । रंगेली नगरपालिका ४ र ७ मा रहेको बक्राह र चिञ्याङ खाेलाकाे बगरमा किसान हरु ले लाैका, फर्सी, काँक्रा, करेला, टमाटर समेत बालाैटे माटाेमा फलाउन सफल भएका छन । तर केही साता अागाडि देखिकाे बिश्वब्यापी रुपमा काेराेना भाईरस तिव्र रुपमा फैलिए पछि नेपाल सरकारले पछिल्लोपटक लकडाउन काे समय थप गरे संगै किसान हरु ले लगाएकाे तरकारी बालि र खरभुजा खेतमै कुहिने अवस्थामा पुगेको किसान भुपेन्द्र मंन्डल ले बताए । उनी हरुले मंसिर महिना देखि जेठ महिना सम्म काे २२ बिधा काे ८० हजार रुपैयाँ बराबर भाडा तिरेर उक्त खेती गर्दे अाईरहेकाे उनी हरु ले बताए । बजारमा बिक्रीवितरण गर्ने लैजाउ भने सरकारले दिउँसो १२ बजे देखि ४ बजे सम्म काे समय तय गरेता पनि किसान हरुले बजारमा बिक्रीवितरण का लागि बजार सम्म पुर्याएता पनि खरिद गर्ने सर्वसाधारण हरु भने नअाउने गरेकाे भुपेन्द्र ले बताए । जब ४ बज्न थाल्छ फेरि प्रहरीले समय सकियाे भन्दै बजार बाट खेदाउने गरेको र बिक्री नभएको लाैका , काक्रा , लगायतका सामाग्री गाई गाेरु लाई खुवाउन बाध्यता रहेको । तीन जना ले संयुक्तरूपमा २२ बिघामा लगाएको खरबुजा यस बेला पाकेर बेच्ने समयमा भएता पनि यातायात सन्चालन नहुदा र बजार बन्द हुँदा करिब रु १८ लाख बराबरको खरबुजा खेतमै कुहिने अवस्थामा पुगेको शिव चरण मंन्डल ले बताए ।
खरबुजा खेती गर्न बैंकबाट रु छ लाख ऋण लिएकाेे र अहिले बजारमा खरभुजा बिक्री गरेर बैंक काे ऋिण र ब्याज तिर्न गरेको भएता पनि अहिले लकडाउन का कारण समस्या परेको छितन ले बताए । लकडाउन अझै थपिए आफूहरुले उत्पादन गरेको खरबुजा लगायतका तरकारी बजारसम्म लैजाने वातावरण बनाइदिन सरकारसँग माग समेत गरेको छ । यस क्षेत्रमा उत्पादन भएको खरबुजा स्थानीय बजार सहित बिराटनगर ,कर्सिया, दाेहमना, इटहरी, ईनरुवा घरान लगायतका स्थना हरु मा लैजाने गरेका थिए । ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक लेखनाथ दाहाल का अनुसार खरभुजा बिक्रीवितरण का लागि अाफुले किसान लाई सहयोग गरेर बिराटनगर सम्म लैजान का लागि सहयोग गर्ने जनाएका छन ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *