
गौरीगञ्ज ४ बैशाख । गौरीगञ्ज ६ खजुरगाछी स्थित क्वारेन्टाइन मा रहेका २३ जना मध्ये १३ जनतालाइ घर पठाइएको छ । आरडिटी परीक्षणमा १३ जनाकै रिपोर्ट नेगेटीभ आएपछी उनिहरुलाइ घर पठाइएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् ।
क्वारेन्टाइन मा रहेका वडा नँ १ का ३ जना, वडा नँ २ का ४ जना, वडा नँ ४ का ५ जना र वडा नँ ६ का १ जनालाई बिहिवार गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र वडा नँ ६ का वडाध्यक्ष बद्रि नारायण यादबको रोहबरमा घर पठाइएको छ ।
१४ दिन नपुगेका १० जना लाइ क्वारेन्टाइन मै राखिएको छ ।
होम क्वारेन्टाइन मा रहेका ९८ जना मध्ये बिहिवार १५ जनाको आरडिटी परिषण गरिएको र १५ जनाकै रिपोर्ट नेगेटिभ आएको कुरा स्वास्थ्य शाखाले जनाएको छ । होम क्वारेन्टाइन मा रहेका मध्ये बिहिवार वडा नँ १ का ६ जना र वडा नँ २ का ९ जनाको आरडिटि परिक्षण गरिएको थियो ।

