
माेरङ काे रतुवामाई नगरपालिका ६ सुन्दावाटिका स्थित अाेमकारेश्वर शिव पाञ्चायन मंन्दिरमा धार्मिक तथा पर्यटकियक्षेत्र बिकास गर्ने उदेश्य का साथ मंन्दिर काे ४४ अाै बार्षिकाेत्सव एवम् महाशिवरात्रि काे अवसरमा सात दिने शिव महापुराण एवम् धन धान्याञ्चल ज्ञान महायज्ञ धार्मिक अनुष्ठान सुरु भएको छ । गत साल देखि धार्मिक तथा पर्यटकिय स्थलका रुपमा बिकास गर्ने उदेश्य तथ चौरासी परिक्रमा (१०८ शिव लिङ) स्थापना ,चिल्ड्रेन पार्क निर्माण, सिमसार, बिधालय स्थपना , स्विमिङ पुल , पिक्निक स्पोर्ट्स निर्माण कार्य का लागि साे पुराण काे अायाेजना गरिएको स्थानीय युव बबिन भन्डारी ले जानकारी दिए । साे शिवपुराणमा पंडित गणेश प्रसाद भट्टराई द्वारा कथा वाचन पंडित घनश्याम पाैडेल ले गर्नु हुने भएको छ । कार्यक्रममा उधाेग बन वातावरण तथा पर्यटन मंन्त्रि प्रदेश एक मन्त्री जगदीश प्रसाद कुसियैत उद्घाटन गरेका थिए । साे कार्यक्रममा समाज सेवि बलवहादुर बस्नेत , मंन्दिरका अध्यक्ष पुण्यप्रसाद खतिवडा, चिरञ्जीवी भट्टराई, प्रदेश शान्ता पौडेल , बद्रीराज ढुङ्गाना , गणेश उप्रेती, लगायतको उपस्थिति समेत रहेको थियोे । मंन्दिरमा रहेको भान्सा घर निर्माणका लागि स्थानीय समाजसेवि बलवहादुर बस्नेत काे सहयोगमा निर्माण गरिएको छ । मंन्दिरमा पर्यटन मन्त्रालय बाट पर्यटन प्रबर्द्धनका लागि प्रदेश सरकारले ७५ लाख रुपैयाँ समेत बजेट बिनियाेेेेजन समेत गरेको छ ।

