युवतीमाथि एसिड प्रहार, अवस्था गम्भीर, एक जना पक्राउ

पढ्न समय: 1 मिनेट

काठमाडौं– राजधानीको कालोपुलमा युवतीमाथि एसिड प्रहार भएको छ। २० वर्षीया जेबी खड्कालाई कोठाबाट बाहिर ल्याएर बुधबार साँझ ७ बजेतिर एक युवकले एसिड प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले नागरिक न्यूजलाई जानकारी दिए।

युवतीको अवस्था गम्भीर छ। उनको दुइटै हात जलेको छ। छाती, गलामा पनि गहिरो घाउ भएको छ। उनको ओम अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ

- Advertisement -
Ad image

घटनाको केही समयपछि प्रहरीले एसिड प्रहार गर्ने विष्णु भुजेललाई भक्तपुरस्थित काँडाघारी चोकबाट पक्राउ गरेको छ। उनीमाथि आवश्यक अनुसन्धान भइरहेको डिएसपी बोगटीले बताए। 

श्रोत नागरिकन्युज डटकम

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *