गौरीगञ्ज दर्पण सञ्चार गृहका रुपमा कम्पनीमा दर्ता

पढ्न समय: 1 मिनेट


गौरीगञ्ज । बिगत एक बर्षदेखि नमुना अनलाइनका रुपमा सञ्चालन हुदै आएको गौरीगञ्ज दर्पण डट कम अब सञ्चार गृहका रुपमा कम्पनीमा दर्ता भएको छ । बैशाख ३० गते काठमाण्डौको त्रिपुरेश्वर स्थित कम्पनी रजिस्ट्रारको कार्यालयमा सोसियल मिरर मिडीया प्रालीको नामबाट कम्पनी दर्ता गरिएको हो ।
यस कम्पनीले गौरीगञ्ज दर्पण डट कम र सोहि नामको युट्युब च्यालन सञ्चालन गर्नुका साथै भबिष्यमा अनलाइन टेलीभिजन र एफएम रेडियो समेत सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
कम्पनीले प्रचलित कानुनको अधिनमा रहि समाचार मुलक अनलाइन पत्रिका युट्युव च्यानल टेलिभिजन तथा रेडियो सञ्चालन गर्नुका साथै बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय बिज्ञापन डिजाइन गर्ने अनुबाद गर्ने बिभिन्न पुस्तक तथा पत्रपत्रिका प्रकाशन गर्ने मिडिया सम्वन्धी बिभिन्न तालिम तथा अन्तर्कृयाहरु सञ्चालन गर्ने मोडलिङ फेसन डिजाइनिङ सम्बन्धी कार्यक्रमहरु गर्ने बिभिन्न राष्ट्रिय पत्र पत्रिका टेलिभिजन तथा रेडियोहरुका लागि बिज्ञापन एजेन्सीका रुपमा काम गर्ने बृतचित्र डकुमेन्ट्रीहरु तथा राजनैतिक र मनोरञ्जनात्मक भिडियो कार्यक्रमहरु उत्पादन गर्ने तथा बिभिन्न म्युजिक भिडियो हरु उत्पादन गर्ने एवम् प्रसारण तथा प्रकाशन गर्ने समेत अनुमती पाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *