यात्रुको भिड कम गर्न सार्बजनिक सवारीलाइ देश भर रुट परमिट खुला

पढ्न समय: 1 मिनेट

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । विभागले सरकारले स्कुल कलेजसहित विभिन्न शैक्षिक संघ संस्था बन्द गरेसँगै सार्वजनिक सवारीमा यात्रुको चाप बढ्ने अनुमानका आधारमा रुट पर्मिट खुला गरेको हो । बिपि राजमार्गमा भने हाल कायम रहेको मापदण्ड भित्रका सवारी मात्रै जान पाउनेछन् ।
काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन यस्तो निर्णय लिइएको विभागले बताएको छ । इजाजतपत्र खुला भएसँगै वैशाख ३ गतेसम्म जुनसुकै सार्वजनिक सवारी रुट परमिट विना नै देशभर जहाँ पनि जान सक्नेछन् । यसले सवारीले यात्रुलाई गन्तव्यमा पुर्‍याउन र ल्याउनका लागि पटके पनि काट्नुपर्ने छैन ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *