काठमाडौँ — संघीय संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा हिरासतमा रहेका तत्कालीन सभामुख कृष्णबहादुर महरा सांसद पदबाट निलम्बन भएका छन् ।संघीय संसद सचिवालयले फौजदारी अभियोग लागेका महराको सांसद पद निलम्बनमा परेको जनाएको छ । संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले महरा निलम्बनमा परेको सूचना बिहीबार जारी गरेका छन् ।
प्रतिनिधिसभा नियमावलीमा फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन हुने व्यवस्था छ । महरा पक्राउ परेपछि कार्यालय खुलेकै दिन सचिवालयले उनी सांसद पदबाट निलम्बनमा परेको सूचना जारी गरेको हो । निलम्बनसँगै महराको सांसदको हैसियतमा पाउने सेवा–सुविधासमेत रोक्का हुनेछ ।
प्रतिक्रिया लेख्नुहोस्

