गौरीगञ्जको बघाचौधरी मेलामा कोच भाषी कलाकारहरुले मञ्च तताए

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज २१ असोज । टिकाको दिन झापाको गौरीगञ्ज २ स्थित बघाचौधरी मेलामा कोच भाषि कलाकारहरको जमघट नै देखियो । मेला आयोजक समितीले आयोजना गरेको दशै बिशेष बृहत साँस्कृतीक कार्यक्रममा उनिहरुले दर्शकहरुलाइ खुबै मनोरञ्जन प्रदान गरे ।

- Advertisement -
Ad image


कोचभाषी गायक राम राजवँशी रोमियो राजवँशी सञ्जु राजवँशी गायिकाहरु निकिता राजवँशी खुश्वु राजवँशी लगायतका कलाकारहरुले स्टेजमा आफ्नो प्रस्तुति दिइ रहदा हजारौको सँख्यामा उपस्थित दर्शकहरुले भरपुर मनोरञ्जन लिए ।


कोच भाषाका चर्चित र्यापर हनी राज स्टेजमा उक्लसदा दर्शक दिर्घाबाट हुटिङ मात्र भएन उसको र्याप सँगै दर्शकहरुले कम्मर समेत मर्काएका थिए ।
श्याम नारायण राजवँशीको सभापतित्वमा भएको कार्यक्रममा वडा नँ २ का वडाध्यक्ष अघनु राजवँशी प्रमुख अतिथी थिए भने कार्यक्रममा कोच भाषी गीतकार दिलिप राजवँशी एलेक्स ले कबिता समेत प्रस्तुत गरेका थिए ।
मेलामा सन्थाल नृत्यको समेत आकर्षण रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *