१२ जेठ गौरीगञ्ज । रोजगार तथा अध्ययनका शीलशीलामा भारतका बिछॐभिन्न स्थानमा रहेका गौरीगञ्जका जनताहरु लाइ घर फर्काउने तयारी भएको छ । इलाका प्रहरी कार्यालय गौरीगञ्जले दिएको जानकारी अनुसार गौरीगञ्ज गाउँपालिकाका ६ सय ६१ जनतालाइ घर फर्काउन लागिएको हो ।
केहि दिन देखि प्रहरीले प्रत्येक वडामा गएर भारत लगायत अन्य देशमा रहेका गौरीगञ्जबासीहरुको नामावली सँकलन गरेको थियो । जस अनुसार गौरीगञ्ज वडा नँ १ का १५६ जना, वडा नँ २ का १५७ जना, ३ का १३२ जना, ४ का ५५ जना, ५ का ९१ जना र ६ का ६० जनाको नामावली सँकलन गरिएकोछ । त्यसै गरि इलाका प्रहरी कार्यालय गौरीगञ्जको मातहतमा पर्ने गौरादह नगर पालिकाको वडा नँ ६ का १४१, वडा नँ ७ को ४८ र वडा नँ ८ को १९ जनाको नाम सँकलन गरिएको कुरा प्रहरी निरिक्षक गणेश भट्टराइले जनाएकाछन् ।
भारतबाट फर्कने ईच्छा देखाएका ६ सय ६१ जनाको क्वारेन्टाइन लगायतको ब्याबस्थापनका लागि गौरीगञ्ज गाउँपालिका ले तयारी शुरु गरेको कुरा अध्यक्ष बाबुराजा श्रेष्ठले जनाएका छन् ।
भारतमा रहेका ६६१ जना गौरीगञ्जका जनतालाइ घर फर्काइने
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

