भाइरल बन्दै गौरीगञ्जकी १० बर्षिया चेली ओजस्वी

पढ्न समय: 3 मिनेट

गौरीगञ्ज भदौ १३ । भनिन्छ कला भगवानले दिएको उपहार हो । सबैमा एक किसिमको बिशेष कला हुन्छ । कसैले बेलामा आफु भित्रको कला चिनेर प्रस्तुत गर्ने मौका पाउछन् भने कसैले आफुभित्रको कला जीवन भर पनि पहिचान गर्न सक्दैनन् ।
झापाको गौरीगञ्ज वडा नँ ३ निबासी १० बर्षिया ओजस्वी सेढाइ नाच्नमा पोख्त छिन् । यिनको नाच्ने कला दिनानुदिन निखारिदै गएको छ । पछिल्लो सयम यिनले स्टेजमा प्रस्तुती दिएको तीजको गीत “पतिदेब ३” को भिडियो सामाजिक सञ्जालहरुमा भाइरल बन्दै गएको कुराले सो कुरालाइ प्रमाणित गरेको छ ।
गत भदौ १० गते एनएमसी सहकारी गौरीगञ्ज शाखाले आयोजना गरेको तीज बिशेष कार्यक्रममा यिनले कबिता शिवाकोटी र बर्षा शिवाकोटीले गाएको चर्चित तीज गीत “सानो छदा मामा घर यसपाली त आमाघर ” गीतमा स्टेज कभर गरेकी थिइन सो स्टेज कभरको भिडीयो गौरीगञ्ज दर्पणले भदौ ११ गते सामाजिक सञ्जाल फेसबुकमा सार्बजनिक गरेको थियो । सो भिडियो सार्वजनिक भएको दुइ दिनमै गौरीगञ्ज दर्पणको पेजबाट सो भिडियो १ हजार भन्दा बढिले सेयर गरेका छन् भने यो समाचार तयार पार्दा सम्म ७5 हजार जनाले हेरि सकेका छन् ।
रमाइलो कुरा त केछ भने पतिदेब ३ अर्थात सानो छदा मामाघर यसपाली त आमा घर बोलको गीतकी गायिका कबिता शिवाकोटीले स्वयम् ओजस्वीको उक्त भिडियो आफ्नो फेसबुक वालमा दुइ पटक सेयर गरेकी छन् । पहिलो चोटी भदौ ११ गते उनले आफ्नो फेसबुक वालमा आफ्नो गीत “पतिदेब ३” को युट्युव लिँक सहित आजस्वीको सो स्टेज कभर भिडियो सेयर गरेको छन् भने त्यसको भोली पल्ट १२ गते पुन गायीका शिवाकोटीले उनको डान्स पर्फमेन्सको तारिफ गर्दै सो भिडियो आफ्नो वालमा सेयर गरेको छन् ।


भदौ १० गते एनएमसीको सो कार्यक्रममा आजस्वीको स्टेज कभर पछी गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाले उनको नृत्यको तारिफ गर्दै उनी गौरीगञ्जको “गहना” भएको कुरा बताएका थिए ।
फेसबुकमा उनको सो कभर भिडियो भाइरल भएपछी र फेसबुक प्रयोग कर्ताहरुले फेसबुकमा उक्त भिडियोको क्वालिटी राम्रो नभएको गुनासो गरेपछी गौरीगञ्ज दर्पणले सो भिडियोको एचडी भर्सन आफ्नो युट्युब च्यानलमा पनि सार्बजनिक गरेको छ ।
त्यसो त उनका नृत्यको गौरीगञ्जमा पहिलादेखि नै तारिफ हुदै आएको छ र उनका धेरै कभर भिडियोहरु गौरीगञ्ज दर्पणले आफ्नो युट्युब च्यानल मार्फल सार्वजनिक गरि सकेको छ तर पछिल्लो समयमा आएको उनको “पतिदेब ३” को कभर भिडियोले उनलाइ अहिले चर्चाको शिखरमा पुर्याएको छ ।
पछिल्लो समय गौरीगञ्ज दर्पण‚ सोसिल मिरर मिडिया प्राली को नाममा कम्पनीमा दर्ता भइ गौरीगञ्जका नब प्रतिभाहरुलाइ आफ्नो प्रतिभा प्रस्फुटन गराउन प्रोत्साहन गर्दै आएको छ । युट्युुब लिँक यहा उपलब््ध छ

- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *