पुस २२ गौरीगञ्ज । अहिलेका चर्चित गायक बलबहादुर राजवँशीले आफ्नो चर्चित नेपाली गीत तिमि मेरी मनकी मञ्जरीको राजवँशी भर्सन बजारमा ल्याएको छ । आज शुक्रबार गायक राजवँशीले आफ्नो नामको अफिसियल युट्युब च्यानल बाट सो गीतको म्युजिक भिडियो सार्बजनिक गरेको हो । गीतमा शब्द रचना गोपाल राजवँशीको रहेको छ भने गीतमा गायक राजवँशी सँग थारु गीत सँगितका चर्चित गायिका अन्नु चौधरीले युगलबन्दी स्वर भरेकी छिन् ।

राजवँशी भाषाको सो गीतको म्युजिक भिडियोमा गायक बलबहादुर राजवँशी सँग मोडल मनिषा राजवँशीको अन स्क्रीन रोमान्स देख्न सकिन्छ भने बाल कलाकार दिपिका राजवँशीको पनि उत्कृष्ट भुमिका रहेको छ । म्युजिक भिडियो लाइ कार्तिक राजवँशीले निर्देशन गरेको छन् ।

गत बर्ष गायक राजवँशीले यस गीतको अरिज्नल भर्सन मनकी मञ्जरी बजारमा ल्याएका थिए । अरिज्नल नेपाली भर्सनमा गायक राजवँशी सँग गायिका अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ भने सो गीतका शब्दहरु रमेश मास्केले लेखेका हुन् । यि दुबै भर्सनमा सँगीत भने गायक बलबहादुर राजवँशीले नै भरेका छन् । अरिज्नल भर्सनको म्युजिक भिडियोमा मोडल कलाकारहरु राजकुमार अधिकारी र गरिमा शर्माको अभिनय हेर्न सकिन्छ ।

यस्तो छ राजवंशी भर्सन –

नेपाली भर्सन पनि हेर्नुहोस –