बिहिबार आकाशमा देखिएको अनौठो बस्तु स्याटेलाइट ‘लेमर टू टम हेन्डरसन’ हुन सक्ने

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । १२ भदौ । गौरीगञ्जको आकाशमा आज दिउसो एक अनौठो बस्तु देखा परेको छ । तारा जस्तो चम्कीलो देखिएको सो बस्तु गौरीगञ्जको आकाशको उत्तरी दिशामा दिउसो ५ बजे तिर देखा परेको थियो । करिब २ घण्टा सम्म उत्तरी आकाशमा देखा परेको बस्तु साँझ सम्म बिस्तारै ओझेल पर्दै गएको थियो ।

यसबारेमा नेपाल नेपाल एस्ट्रोनोमिकल सोसाइटी(नासो) का अध्यक्ष तथा अन्तरिक्ष तथा खगोल विज्ञानका ज्ञाता सुरेश भट्टराईले उज्यालो अनलाईन सँगको कुराकानीमा उनले यो कुनै अर्थ अब्जर्भेसन र ट्राफिक माेनिटरिङ स्याटेलाइट भएको हुन सक्ने बताए ।

- Advertisement -
Ad image

उनका अनुसार यो अमेरिकाले छाडेको अर्थ अब्जर्भेसन र ट्राफिक माेनिटरिङ स्याटेलाइट ‘लेमर टू टम हेन्डरसन’ हुन सक्ने प्रबल सम्भावना रहेको छ । मोरङ झापा र सुनसरीका केही ठाउँबाट मात्रै देखिएका कारण यो स्याटेलाइट नै हुन सक्ने उनले बताए ।

अन्य ग्रह तथा आकाशीय पिण्ड भएको भए अरु ठाउँबाट पनि देखिनु पर्ने उनले बताए । यदि अमेरिकी अर्थ अब्जर्भेसन र ट्राफिक माेनिटरिङ स्याटेलाइट ‘लेमर टू टम हेन्डरसन’ भएको खण्डमा त्यतिको चम्किलो देखिनु भने अचम्मको कुरा भएको भट्टराई बताउछन । यस प्रकारको स्याटेलाइट अत्यन्तै सानो भएको हुनाले चम्किलो देखिनु भने अचम्मको कुरा भएको उनि बताउछन् । यस्तो स्याटेलाइट थ्री युनिट स्याटेलाइट हुन् भने यसको आकार ३० सेन्टीमिटर बाई १० सेन्टीमिटरका हुन्छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *