बिद्यालय नै बन्द गरि गौरीगञ्जका शिक्षक ज्ञापन पत्र बुझाउन गाउँपालिकामा

पढ्न समय: 2 मिनेट

गौरीगञ्ज भदौ १३ । केहि दिन अघि गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले अन्तरवार्ताका क्रममा एक सञ्चार माध्यममा दिएको अभिब्यक्तीको बिरोध स्वरुप ज्ञापन पत्र बुझाउन गौरीगञ्जका प्राय सबै सामुदायिक बिद्यालयका शिक्षकहरु शुक्रबार बिद्यालय नै बन्द गरि गाउँपालिकाका कार्यालय पुगेका थिए । बिहान ११ बजे तिर गाउँपालिका कार्यालय पुगेका शिक्षकहरुले कार्यक्रमकै आयोजना गरि गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठलाइ ज्ञापन पत्र बुझाएका हुन् । नेपाल शिक्षक महासँघको अगुवाइ बुझाइएको ज्ञापन पत्रमा अध्यक्ष श्रेष्ठले सञ्चार माध्यममा शिक्षकलाइ चोक मै पुरस्कृत गर्ने र चोकमै दण्ड दिने भनि दिएको अभिब्यक्ती प्रति शिक्षक महाँसँघ गौरीगञ्जको गम्भिर ध्यानाकर्षण भएको कुरा उल्लेख छ । महाँसँघ गौरीगञ्जका अध्यक्ष हरिलाल यादवले बाचन गरि बुझाइएको सो ज्ञापन पत्रमा अध्यक्षले दिएको सो अभिब्यक्ती फिर्ता लिन आग्रह गरिएको ब्यहोरा उल्लेख छ ।


नेपाल शिक्षक सँघको तर्फबाट बोल्दै सँघका गौरीगञ्ज अध्यक्ष गोपाल ताजपुरियाले अहिलेको युगमा गल्ती गर्नेलाइ सकारात्मक सजाय दिनु पर्ने कुरा जिकिर गरेका थिए भने ज्ञापन पत्र बुझे लगतै गापा अध्यक्ष श्रेष्ठले अहिलेको परिबेशमा सकारात्मक सोचको र सकारात्मक सजायको प्रसँग चलि रहदा शिक्षकहरुले बिद्यालय नै बन्द गरेर ज्ञापन पत्र बुझाउन आएकोमा यसले सकारात्मक सन्देश नजाने कुरा बताए । उनले प्रतिनिधि मुलक ढँगबाट सँघ सँगठनका प्रतिनिधिहरुले ज्ञापन पत्र बुझाउदा अझ राम्रो हुने कुरा बताए । केहि दिन अघि उनले सञ्चार माध्यममा अभिब्यक्त गरेको कुरा सकारात्मक सोच कै आधारमा बोलेको बताए । र यसबाट शिक्षण पेशामा आबद्ध शिक्षकहरुमा आघात पर्न गएकोमा उनले सो अभिब्यक्ती फिर्ता लिएको समेत घोषणा गरेका थिए ।
गौरीगञ्ज क्षेत्रका सामुदायिक बिद्यालयका शिक्षकहरु ज्ञापन पत्र बुझाउन गाउँपालिका पुगेकाले शुक्रबार यस क्षेत्रका प्राय सबै बिद्यालयहरुको पठन पाठन ठप्प भएको थियो ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *