नेपाली समाजमा फुलको बेग्लै महत्त्व छ । नेपाली समाजमा जन्मेदेखि मृत्यू पर्यन्त जुनसुकै बेला पनि फुलको आवश्यकता पर्दछ । धर्मकर्म, पूजापाठ, प्रेमालाप, कुनै वरिष्ट पाहुनाको स्वागत, शुभ कार्य घर या वातावरणको सजावट र साजसज्जा सबैमा फूलको अनिवार्य उपस्थिति रहेको हुन्छ । शक हामी फुलहरु मध्ये गुलाब फुल को चर्चा गर्छौ ।
गुलाब फुल भारतको राष्ट्रिय फुल पनि हो । यो फुल धेरै रँगको हुन्छ । र नेपालमा बिशेष गरि तराई क्षेत्रमा यस फुलका धेरै प्रजातिहरू पाईन्छ । आज गरोज डे अर्थात गुलाब दिबस हो । गुलाब धेरै रँगको हुन्छ । गुलाबको हरेक रङको आआफ्नै अर्थ हुन्छ । प्रेम दिवसमा आफ्नो प्रेमीप्रेमिकालाई गुलाब दिएर प्रेम व्यक्त गरिन्छ । तर, यसरी एकअर्कोलाई गुलाब दिदैं गर्दा तपाइँलाई यसको अर्थबारे थाहा पाउनु पनि जरुरी हुन्छ । नत्र भने तपाईं आफ्नो प्रेमी वा प्रेमिकाको लागि गलत अर्थमा बुझिन सम्ने सम्भावना हुन्छ ।

रातो गुलाब
रातो गुलाबको फूल प्रेमको प्रतीक हो । तपाइँंले कसैलाई रातो गुलाब दिनुहुन्छ भने उसप्रति तपाईंको प्रेमको अभिव्यक्तिका रुपमा बुझ्नुपर्छ ।

रातो र सेतो गुलाब
रातो र सेतो रङले मिश्रित गुलाबको दिनुको अर्थ एकता हो । त्यसैले यसलाई एकताको सन्देशका रुपमा लिनुपर्छ ।

हल्का गुलाबी
हल्का गुलाबी रङलाई साथित्व, प्रशंसा र खुसीको प्रतीक मानिन्छ । यदि कसैको प्रशंसा गर्न र खुसी व्यक्त गर्नुछ भने हल्का गुलाबी रङको गुलाब दिनुपर्छ ।

गाढा गुलाबी
गाढा गुलाबीको गुलाबको अर्थ व्यक्तिप्रति कृतज्ञता र सम्मान देखाउनु हो । यसको अर्थ मन पराउनु पनि हो ।

पहेँलो गुलबी
पहेँलो गुलाब साथित्व, खुसी र अरुप्रति केयर गर्ने प्रतीकका रुपमा मानिन्छ । तपाईंले कुनै साथीलाई साँच्चिकै केयर गर्छु भन्ने सन्देश दिन चाहानुहुन्छ भने पहेँलो गुलाब दिनुपर्छ ।

बैजनी गुलाब
तपाईंले कसैलाई पहिलो पटक देख्नेबित्तिकै उसप्रति गम्भीर हुनुभयो भने बैजनी रङको गुलाब दिँदा ठ्याक्कै अर्थ बुझ्छन् । किनकी यसको अर्थ पहिलो आर्कषण हो ।

सेतो गुलाब
सेतो गुलाब पवित्रता र निर्दोषपनाको प्रतीक हो । सेतो गुलाबको प्रयोग प्राय पूजाआजामा बढी हुन्छ ।

रातो र पहेँलो
रातो र पहेँलो गुलाब एकैसाथ दिनु भनेको खुसी व्यक्त गर्नु हो ।

निलो गुलाब

निलो गुलाब सेक्स को प्रतीक हो । यदि तपाईं कसैप्रति आशक्त हुनुहुन्छ भने निलो गुलाब दिनुहोस् ।

कालो गुलाब

कालो रँग बिरोध को प्रतीक हो ।