
झापाको शिवसताक्षी ४ बोलोचोक बजारमा हिजो जन्मदिनको अवसर पारेर धर्मेन्द्र कुमार शाह ले ५०० जना लाई नि शुल्क रगत समूह छुट्याउने साथै कार्ड वितरणको कार्यक्रम आयोजना गरेका थिए । रगत परिक्षणमा पाँचगाच्छि स्वास्थ चौकि र माहाभार स्वास्थ चौकि को संयुक्त सहयोग रहेको थियो। कार्यक्रम लाई व्यवस्थित मर्यादित भव्य र सव्य वनाउनका लागि बोलोचोक बिकास समितिको विशेष सहयोग रहेको थियो । उक्त कार्यक्रममा पाँचगाच्छि स्वास्थ चौकि प्रमुख श्याम प्रसाद मेहता उपस्थित रहेका थिए ।साथै कार्यक्रम मा आात्थियमा शिवसताक्षी बोलोचोक वाडा न ४ का अध्यक्ष ताजपुरिया नेपाल रेडक्रस पाँचगाच्छि का सभापति मिना सिटौला वडा सदस्य सरिता लकान्द्री र सुमन लाल शाह वडा सदस्य, भिजनराईज नेपाल का अध्यक्ष भरत महतारा मेडिकल ल्याव असिस्टेन्ट माहाभार स्वास्थ चौकिका सुनिता महत्तो हरको उपस्थिति थियो । सो कार्यक्रममा शाहले भने यस कार्यक्रम बाट आज मैले एउटा अभियानको नारा ( जन्मोत्सवमा अनावश्यक खर्चको ठाउँमा समाजिक कार्यमा हातेमालो गरौ ) नाराका साथ सुरुवात गरेको छु उनले बताएका छन । अभियान व्यक्तिगत भन्दा सामुहिक र संस्थागत हुनुपर्छ भन्ने मान्यताको साथ बोलोचोक विकास समिति जुन संस्थाको संस्थापक अध्यक्ष शाह रहेका छन । भिजन राईज नेपाल जुन संस्थाको संस्थापक सचिव रहेका छन । र चारआलीको पाउँ पाथिभरामाता मन्दिर जुन संस्थाका संस्थापक रहेका यी तीन वटै संस्थावाट संयुक्त रचना का लागि यश अभियानमा लागि पर्ने वताएका छन । उक्त कार्यक्रम मा बोल्दै उनले यसरिनै सामाजिक कामहरु गरेर जन्म उत्सव मनाउने लाई तीन वटै संस्थाको आधिकारिक सहि छाप भएको सम्मान पत्र प्रदान गर्ने उल्लेख गरेका छन ।
रेडियो बिराट बाट साभार

