
काठमाडौँ । सरकारले लकडाउनको अवधि १२ दिन थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो ।
केहीबेरअघि मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो एक मन्त्रीले बताए। एक साताका लागि घोषणा गरिएको लकडाउन संक्रमणहरु भेटिएपछि बढाएर सरकारले संक्रमण देखिदै गएपछि बढाउँदै लगेको हो। नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ। भोलि वैशाख ३ गते सरकारले घोषणा गरेको लकडाउन समय सकिदै थियो ।

प्रतिक्रिया लेख्नुहोस्

