कोरोना रोकथामका लागि गौरीगञ्ज स्वास्थ्य शाखा प्रमुख मिश्र का ९ सुझाब

पढ्न समय: 3 मिनेट

कोरोना (कोभिडएड १९) रोग र यसले ल्याउन सक्ने विपद हाम्रो मुलुकमा पनि महिनौ सम्म कायम रहने प्रष्ट संकेत देखिइ सकेकाे अवस्था छ । महामारीकाे स्वरुपलाई भयावह हुन नदिन तथा विपदवाट उत्पन्न हुनसक्ने जाेखिमलाई सकेसम्म कम गर्नका लागि हाल सम्म भइरहेका नागरिक सचेतना र पूर्वतयारीका सम्पूर्ण कार्यहरुलाई यथावत राख्दै थप निम्न कार्यहरु समेत गर्नु सान्दर्भिक हाेला कि…??

१. क्वारेण्टाइनमा रहेका तथा नरहेका सम्पूर्ण शंकास्पद व्यक्तिहरुकाे छिटाे र भरपर्दाे विधिवाट प्रयाेगशाला परिक्षण हुनु पर्याे।

- Advertisement -
Ad image

२. स्थानिय सरकार लगायत सम्पूर्ण सराेकारवालाहरुले राहत वितरण, सामाजिक सुरक्षा भत्ता वितरण, मल वितरण, बीउ वितरण, याे वितरण, त्याे वितरणका नाममा भिडभाड गर्नु भएन । दिने नै हाे भने उपभाेक्ताकाे अाँगनसम्म पुर्याउनु पर्याे, कुनै पनि वहानामा नागरिकलाई अाफ्नाे अाँगन काटेर सडकमा निस्कन वाध्य पार्नु भएन ।

३. दिन भरी मजदुरी गरेर वेलुकीकाे छाक टार्ने वर्ग, डेरामा वसेका विद्यार्थी र अाफ्नाे घर/डेरा भएका सहारा विहिन तथा अति विपन्न वर्गलाई पुग्दाे रासन प्राप्त भइरहने व्यवस्था मिलाई तिनलाई महामारी भरी ढुक्कले घर/डेरामा बसिरहन सक्ने वातावरण वनाउनु पर्याे ।

४. निस्चित बास वस्ने ठाँउ नभएका तथा सडकमा, सार्वजानिक स्थलमा, धार्मिक स्थलमा वसाेवास गर्न वाध्य अनि भिख मागेर गुजारा चलाउन वाध्य मानिसहरुकालागि खाना सहितकाे अस्थायी सेल्टर सञ्चालन गर्नु पर्याे र तिनलाई भाेक मेटाउनकै लागि सेल्टरवाट बाहिर नस्कनु नपर्ने वातावरण वनाउनु पर्याे।

५. स्थानिय सरकारकाे संयाेजनमा व्यावसायिक संगठनहरु, उद्याेग वाणिज्य संघ, हाेलसेल तथा खुद्रा व्यापारी हरु र कृषि सहकारीहरु संग सहकार्य गरि किसान हरुकाे उत्पादन खरिद गर्ने डिपाे खाेल्नु पर्याे र किसानहरुकाे उत्पादन विक्री हुने वातावरण वनाउनु पर्याे साथै अाम उपभाेक्ताहरुकालागी समय तालिका वनाई टाेल टाेलमा (घर-घरमा) खाद्यान्न, ताजा तरकारी, दूध, मासु अादि वस्तुहरु शुलभ मुल्यमा प्राप्त हुने संयन्त्र वनाउनु पर्याे । अाफ्नाे उत्पादन वेच्न वा उपभाेग्य वस्तु किन्नका लागि नागरिकहरु अाफ्नाे अांगन काटेर बाहिर निस्कनु पर्ने वाध्यताकाे अन्त्य हुनु पर्याे ।

६. वजार, पसल, यातायात पुरै बन्द हुनु पर्याे ।

७. नागरिकहरुले महामारी र लकडाउन भनेकाे के हाे भन्ने कुरा वुझिदिनु पर्याे, वुझेकाहरुले वुझ पचाउने वा हेप्ने काम गर्नु भएन , हेपाहाहरुलाई सुरक्षा निकायले डण्डा लगाएर तह लगाउन पाउनु पर्याे।

८. वाेर्डर क्षेत्रमा वसाेवास गर्ने नागरिक अगुवाहरु, दलका कार्यकर्ताहरु तथा युवा वर्ग संमिलित स्वयमसेवक दस्ता तयार गरी सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु संग सहकार्य गरि लकडाउनकाे समयमा समेत फाट्ट फुट्ट भइरहेकाे अावत जावतलाई पूर्ण रुपमा बन्द गर्न गराउने कार्यमा र समुदायमा कसैमा महामारीकाे जाेखिम भएमा साे सुचना सम्वन्धित निकायमा उपलव्ध गराउने कार्यमा सहयाेग गर्नु पर्याे ।

९. केही पनि गर्न नसक्ने हाे भने स्थानिय तहहरुमा दैनिक सयाैकाे संख्यामा लास व्यवस्थापन गर्न सक्षम संयन्त्र चाडाे वनाउनु पर्याे ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *