पाँचगाछी (शिबसताक्षी), ४ साउन–झापाको शिबसताक्षी–४ (साविकः पाँचगाछी गाविस) बोलोचौक बजारमा शनिबार एक कार्यक्रमबीच बोलोचौक विकास समितिले बालबालिकाहरुलाई खेल सामाग्रीहरु बितरण गर्नुका साथै साउने पर्वमा महिला तथा चेलीहरुलाई हरियो–पहेलो रङ्गको चुराहरुसहित मेहेन्दी लगाईएको छ ।
बोलोचौक विकास समितिका अध्यक्ष एबम् सामाजिक अभियान्ता धमेन्द्र शाहका अनुसार स्थानीय बालबालिकाहरु बिद्यालयमा पठन–पाठनसँगै उनिहरुको शारिरिक विकास र स्वास्थ्य जीवन यापनको निम्ति खेलकुद आवश्यक पर्ने भएकोले संस्थागत कार्यक्रम अनुसार फुटबल, भलिबल र किक्रेट सम्बन्धी खेल सामाग्रीहरु बितरण गरिएको हो । कार्यक्रमको अवसर पारेर शनिबारनै वडाका महिला जनप्रतिनिधिहरु लगायत स्थानीय महिला तथा चेलीहरुलाई हरियो–पहेलो रङ्गका चुराहरुसहित विभिन्न डिजाईनका मेहेन्दी लगाइएको थियो ।
कार्यक्रममा शिबसताक्षी–४ का जनप्रतिनिधि एबम् महिला सदस्य सरिता लकान्द्री, मनमाया उप्रेती र सुमनलाल शाह, बोलोचौक बजार अध्यक्ष मिता सिटौला, जेष्ठ नागरिक एबम् स्थानीय अभिवाहक भवानी पाठक लगायतको उपस्थित थियो ।
सो कार्यक्रममा जनप्रतिनिधि मनमाया उप्रेती, सुमनलाल शाह, बजार अध्यक्ष मिता सिटौला र जेष्ठ नागरिक भवानी पाठकले बोलोचौक बजारको विकास र परिवर्तनमा युवाहरुको भुमिका महत्वपूर्ण रहने बताएका थिए । उनीहरुले बोलोचौक बजारको निम्ति रचनात्मक तथा सृजनात्मक कार्यहरु गरिरहन र यसको निरन्तरतामा साथ र सहयोग रहने प्रतिवद्धतता व्यक्त गरेका थिए ।
यता, बोलोचौक बजारको विकास र परिवर्तनसँगै बजारको सरसफाई, स्वास्थ्य, शिक्षा, सुरक्षा र खेलकुदको क्षेत्रमा समेत विकास हुन जरुरी रहेको समितिका अध्यक्ष एबम अभियान्ता धमेन्द्र शाहले बताए । उनले भने–राजनिति आस्था भन्दा माथि उठेर सामाजिक कार्य गर्न चाहेर सस्थाको स्थापना गरिएको हो ।

यसअघि, गत मंगलबार र बुधबार बोलोचौकमा बजार सरसफाई तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । अनौपचारिक ढंङ्गबाट सञ्चालन गरिएको कार्यक्रममा साँस्कृतिक कार्यक्रमद्धारा स्थानीयहरुलाई सरसफाई अभियानमा जोड्न सहज हुने अध्यक्ष शाहको भनाई छ । उनले बोलोचौकमा ठूला संघसंस्थाहरु पनि नभएको र भएका केही संघसस्थाहरु पनि निश्चित उदेश्यभर सञ्चालन भएर बन्द अवस्थामा रहेको बताए । यसर्थ, बोलोचौक बजार र स्थानीयवासीलाई समेट्दै विकासतर्फ अघि बढाउन संस्था स्थापना गरिएको बताए ।
वर्षासंगै बजारमा फोहोर बढ्ने, हाँट बजारको दिन प्लाष्टिक, कागजहरु यत्रत्यत्र फ्याकिएको, स्थानीयको घर पालुवा पशु चौपायाहरु बजारमा खुल्ला छाड्ने, र खाल्डाखुल्डीमा जम्ने पानीबाट विभिन्न खालका हैजा उत्पन्न हुने भएकोले सो कार्यलाई व्यवस्थित गर्न स्थानीय भाई बहिनीहरुलाई मनोरञ्जनात्मक नृत्य कार्यक्रम गरिएको हो ।
संस्थाका अध्यक्ष शाहका अनुसार पहिलो चरणमा संचेतना मुलक सरसफाई कार्यक्रम सम्पन्न गरिएको र अव चाडै स्थानीय बालबालिकाहरुलाई बिभिन्न खेलकुदका सामाग्रीहरु खरिद गरेर हस्तान्त्रण गरिने छ । बालवालिकाहरु नै समाजका कर्णधार हुन्ः शाहले भनेः खेलकुदको माध्यमद्धारा उनीहरुलाई पनि बजारको विकास र परिवर्तनमा ल्याउन सकिने छ । उनले राजननिति भन्दा माथि रहेर समाजको निम्ति कार्य गर्न चाहेको बताए ।
शाहका अनुसार संस्था मार्फत समाजमा रहेको सम्पुर्ण बिभेदहरुको अन्त्य गर्दै सामाजिक, आर्थिक, रुपमा बिकास पुर्याउने उदेश्यले बोलोचौक विकास समिति गठन गरिएको हो ।
हाम्रो सरोकार डटकमबाट

