गौरीगञ्ज । १ साउन । गौरीगञ्ज गाउपालिका वडा नँ ६ को कार्यालयले कृषि कार्यक्रम अन्तर्गत आफ्ना वडाका कृषकहरुलाई मल बितरण गरेको छ ।
कार्यालयले वडा का कृषकहरुबाट आएको निबेदनको आधारमा निबेगन दिने सबै २ सय २४ जना कृषकलाई मल बितरण गरेको हो । प्रति किसान ३ किलो जिँक र ६ किलो जेन प्राँगारिक मल बितरण गरिएको हो ।
वडाध्यक्ष बद्रिनारायण यादब वडा सदस्यहरु मुकेश साह , राधा अधिकारी र वडा सचिब गोबिन्द राजवँशीले मल बितरण गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्





