
विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालमा दुई जना विरामीलाई कोरोना भाइरसको आशंका गरिएको छ ।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएको दुई बिरामीलाई हाल वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ ।
केही दिन अगाडी विदेशबाट आएका २ जना नेपालीमा कोरोना भाइरसको आशंका गरिएको अस्पतालले जनाएको छ । दुवै विरामीमा रुघाखोकी र ज्वरोको लक्ष्यण देखिएका कारण थप उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा रेफर गरिएको कोशी अस्पताल विराटनगरका कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका संयोजक बरिष्ठ चिकित्सक लक्ष्मी नारायण यादव ले बताए । तर उनीहरुको सम्पुर्ण रिर्पोट आएपछि मात्र थाहा हुने यादवको भनाइ छ । कोरोनाको शंका गरिहाल्नुपर्ने अवस्थाभने नहरेको उहाले बताएका छन ।
आवर बिराटनगर डटकम बाट

