बिपन्नहरुका लागि कोरोबारीमा १५ घर बन्ने

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । समृद्ध मधेश कार्यक्रम अन्तर्गत गौरीगञ्ज गाउँपालिकाले वडा नँ २ कोरोबारीका १५ बिपन्न परिवारहरुका लागि सुरक्षित घर निर्माण गरिदिने भएको छ । कार्यक्रमको शुरुवात गर्दै बिहिबार गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले घरको शिलान्यास गरेका छन् ।
समृद्ध मधेश कार्यक्रम अन्तर्गत नेपाल सरकारको केन्द्रिय बजेट बाट गौरीगञ्ज गाउँपालिकाले प्रति घर रु ४ लाख २६ हजार का दरले बजेट बिनियोजन गरेको हो ।
सहारा नेपालको प्राबिधिक सहयोगमा निर्माण हुन लागेको आबास कार्यक्रमको शिलान्यास कार्यक्रम उपभोक्ता समिती अध्यक्ष इलियन बेस्राको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा गापा अध्यक्ष बाबुराजा श्रेष्ठ वडा नँ २ का वडाध्यक्ष अघनु राजवँशी सहारा नेपाल गौरीगञ्ज का प्रमुख उमेश भारती लगायत बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरु र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *