बजेट आए लगतै बढ्यो ईन्धनको मुल्य

पढ्न समय: 1 मिनेट

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट कार्यान्वयन नेपाल आयल निगमले शुरु गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषण गरेको केहि घण्टामा नै इन्धनको मूल्ल्य समायोजन भएको सूचना प्रकाशित गरेर आयल निगमले बजेटको कार्यान्वयन शुरु गरेको हो ।

- Advertisement -
Ad image

निगमले बुधबार राति १२ बजेबाट कार्यान्वयन हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० प्रति लिटर बढाएको छ । डिजेल र मट्टितेमा पनि निगमले १ रुपैयाँ ५० प्रति लिटरका दरले नै मूल्य बढाएको छ ।

जसअनुसार काठमाडौंको थानकोट डिपोको १५ किमी परिसर सम्म अब पेट्रोल प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९८ रुपैयाँ ५० पैसा पुगेको छ ।

अर्थमन्त्री खतिवडाले सडक बनाउनका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ कर लगाउने बजेटमा घोषणा गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *