गौरीगञ्ज । २० साउन । गृह मन्त्रालयको परिपत्र बाट गत चैत र बैशाखमा बँशजको नागरिकता पाएका जन्म सिद्ध नागरिकताहरुका सन्तानहरुले पनि अब राहदानी पासपोर्ट बनाउन पाउने भएका छन् ।
गत चैतको अन्तिम साता र बैशाखको पहिलो साता गृह मन्त्रालयले परिपत्र जारि गरि जन्म सिद्ध नागरिकका सन्तानहरुलाइ बँशजको आधारमा नागरिकता बितरण गर्न सबै जिल्ला प्रसाशन र इलाका प्रसाशन कार्यालयहरुलाइ आदेश जारि गरिएको थियो ।
सर्बोच्च अदालतको फैसलाले सो नागरिकता बितरण कार्य रोक्न आदेश गरे सँगै त्यस बेला नागरिकता पाएका जन्म सिद्ध नागरिकका सँतान हरुलाइ राहदानी दिन समेत रोक लगाइएको थपियो ।
त्यस बेला बँशजको नागरिकता पाएका जन्म सिद्ध नागरिकका सँतानले साउन २० गते देखि जिल्ला प्रसाशन कार्यालय र इलाका प्रसाशन कार्यालयबाट राहदानी बनाउन पाउने कुरा इलाका प्रसाशन कार्यालय गौरीगञ्जका प्रमुख राजु दाहालले जानकारी दिएका छन् ।
गृहको परिपत्र अनुसार बँशजको नागरिकता पाएका जन्म सिद्धका सन्तानहरुले राहदानी पाए पछी उनिहरुले बैदेशिक रोजगारीमा समेत अबसर पाउने कुरा गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।
बँशजको नागरिकता पाएका जन्म सिद्ध नागरिकका सँतानले अब राहदानी बनाउन पाउने
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

