गौरीगञ्जमा साउन २६ गते देखि अपाँगता परिचय पत्र बितरण शिबिर सँचालन हुने

पढ्न समय: 1 मिनेट

गौरीगँज । झापाको गौरीगञ्ज गाउँपालिकाले आफ्नो क्षेत्र भित्र अपाँगता भएका ब्यक्तीहरुलाई अपाँगता परिचय पत्र बितरण गर्न साउन २६ गते देखि बिभिन्न वडाहरुमा शिबिर सँचालन गर्ने भएको छ ।
गाउपालिकाले जारि गरेको सुचना अनुसार साउन २६ गते वडा नँ १ र २ का जनताहरुलाई लक्षित गरि शिशु कल्याण आधारभुत बिद्यालय तुलाचनमा शिबिर सँचालन गर्ने छ भने साउन २८ गते वडा नँ ३ र ४ लाई लक्षित गरि गौरीगँज गाउपालिकाको कार्यालयमै शिबिर सँचालन गर्ने छ । त्यसै गरि वडा नँ ६ र ७ का जनताहरुका लागि साउन ३० गते ६ नँबरको वडा कार्यालय खजुरगाछीमा शिबिर सँचालन हुने छ ।
शिबिरमा नयाँ अपाँगता भएका ब्यक्तीहरुले परिचय पत्र पाउनुका साथै पहिला महिला तथा बालबालिका कार्यालयबाट परिचय पत्र लिई सकेकाहरुले परिचय पत्र नबिकरण गराउन पाउने कुरा महिला तथा बालबालिका शाखाकी प्रमुख शुष्मा कोईरालाले बताएकी छन् ।
उनका अनुसार परिचय पत्र लिन आउदा आफु बसोबास गर्दै आएको वडा कार्यालयको सिफारिस सहित अनुसुची फारम, जन्म दर्ता वा नागरिकताको प्रतिलिपि, अपाँगता देखिने ४ प्रति फोटो, डाक्टरको सिफारिस सहित परिचय पत्र पाउने ब्यक्ती स्वयम् उपस्थित हुनु पर्ने छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *