२३ जेठ गौरीगञ्ज । आज गौरीगञ्ज गाउँपालिकामा फेरि १ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ ।
गौरीगञ्ज वडा नँ २ का ३५ वर्षिय पुरुषमा सँक्रमण पुष्टी भएको कुरा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सँक्रमित पुरुष जेठ १४ गते भारतको दिल्ली बाट आएको र उनलाइ नाका बाटै उद्दार गरि नब निर्मित अस्पतालको क्वारेन्टाइन मा राखिएको कुरा स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् ।
नव निर्मित अस्पतालको क्वारेन्टाइनमा रहेका मध्ये २६ जनाको स्वाब सँकलन गरि जेठ १९ गते पिसिआर परिक्षणका लागि धरान पठाइएको मा आज १ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
यस अघि जेठ १८ गते गौरीगञ्जका ४ जनामा कोरोनासँक्रमण पुष्टी भएको थियो । यो सँगै गौरीगञ्जमा सँक्रमितको सँख्या ५ पुगेको छ ।
उनको अबस्था सामान्य रहेको र उनलाइ उपचारका लागि मोरँग गोठगाउँ को अस्पताल लाने तयारी गरिएको कुरा स्वास्थ्य शाखाले जनाएको छ ।
आज एकैदिन नेपालमा २ सय ७८ जना नयाँ सँक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत सो कुरा पुष्टी गरेका हुन् । जसमध्ये झापाको गौरादहमा समेत १ जना र रतुवामाइ मोरँगका ६ जनामा सँक्रमण पुष्टी भएको छ
यो सँगै नेपालमा कुल सँक्रमितको सँख्या २ हजार ९ सय १२ पुगेको छ । जस मध्ये ३३३ जना सँक्रमण मुक्त भइ सकेका छन् । ११ जनाको मृत्यु भइसकेको छ ।

