फेरि थपियो गौरीगञ्जको क्वारेन्टाइन मा ४ जना

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । गौरीगञ्ज ६ स्थित क्वारेन्टाइन मा शनिबार थप चार जनालाई राखिएको छ । शनिबार बिहान गौरीगञ्ज २ कोरोबारीका ४८ वर्षिय पुरुष र गौरीगञ्ज ५ बालुगाउका २० वर्षिय एक पुरुषलाइ क्वारेन्टाइन मा ल्याइएको हो । त्यसै गरि शनिबार राति १० बजे गौरीगञ्ज ३ घर भएका ३१ र २४ बर्षका दुइ पुरुषलाइ क्वारेन्टाइन मा ल्याइएको हो । कोरोबारीका ४८ वर्षिय पुरुष धनुषाबाट पैदल घर आएको र बालयगाउँका २० वर्षिय पुरुष बुटवलबाट घर आएको कुरा स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् । त्यसै गरि शनिबार राति क्वारेन्टाइन ल्याइएका गौरीगञ्ज ३ का ३१ र २४ बर्षका पुरुषहरु काठमाण्डौबाट पैदल आइरहेको अवस्थामा बिचबाटो बाट प्रहरीले उद्दार गरि ल्याइएको कुरा स्वास्थ्य शाखाले जनाएको छ ।
यो सँगै गौरीगञ्ज क्वारेन्टाइन मा बस्नेको सँख्या १३ पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *