फत्तेपुर नाकाबाट पसेका ५ जना सहित आज १४ जनालाइ उद्दार गरी गौरीगञ्ज क्वारेन्टाइनमा

पढ्न समय: 1 मिनेट


७ जेठ गौरीगञ्ज । भारतिय सीमामा अलपत्र परेका थप ५ जना गौरीगञ्ज ५ स्थित फतेपुर नाकाबाट साँझ ६ बजे नेपाल पसेका छन् उनिहरुलाइ नाका बाट उद्दार गरी गौरीगञ्जको क्वारेन्टाइन मा पुर्याइएको छ । नेपालीहरुलाइ नेपाल ल्याउने जिल्ला ब्यापि निर्णय भए सँगै गौरीगञ्ज गाउँपालिका ले भारतसँग सीमा जोडिएका आफ्ना तिन वटा नाकाहरु बाट हिजो र आज गरि यि ५ सहित २३ जनतालाइ उद्दार गरेकोछ । स्वास्थ्यकर्मि रसुरक्षाकर्मिको टोलिले हिजो वडा नँ १ को डाकुपाडा नाका बाट १ जना र वडा नँ ५ को फतेहपुर नाकाबाट नेपाल पसेका ८ जनालाइ उद्दार गरि गौरीगञ्जको क्वारेन्टाइन मा राखिएको थियो भने आज वडा नँ ४ स्थित बैरिया – अल्ताबारी नाका बाट ९ जना र वडा नँ ५ को फतेहपुर नाकाबाट ५ जनतालाइ लाइ उद्दार गरि क्वारेन्टाइन मा राखिएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् । भरखरै फतेहपुर नाका बाट पसेका ५ मध्ये १ जना भारतको‌ महाराष्ट्र कोलापुरबाट ६ दिन लगाएर आएकोले उनको बोर्डरमै आरडिटी परीक्षण गरिएको र रिपोर्ट नेगेटीभ आएको कुरा स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *