प्रदेश नम्बर १ को स्थायी राजधनी विराटनगर बनाउने नेकपाको प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको छ । सोमबार साझ बसेको प्रदेश सभा बैठकमा सत्ताको नेतृत्व गरिरहेको नेकपाको प्रस्ताव बहुमतले पारित भएको हो ।
प्रदेश सभा बैठकमा नेकपाले विराटनगरलाई राजधानी तोकी वृहत विराट क्षेत्र भित्र व्यवस्थापिका र कार्यपालिका र अन्य कार्यालयकालागि संरचनाहरु निर्माण गर्ने प्रस्ताव पेस गरेको थियो ।
प्रदेश सभा बैठकमा पेस भएको प्रस्तावमा सहमती नुजेटपछि मतदान भएको थियो ।
मतदानका क्रममा दुई तिहाई बहुमतले राजधानी बनाउने प्रस्ताव पारित भएको हो । प्रस्तावको पक्षमा ८६ मत खसको थियो भने विपक्षमा मत खसेन् ।
प्रतिक्रिया लेख्नुहोस्

