
गौरीगञ्ज २९ मँसिर । निजि तथा आबासीय बिद्यालयहरुको छाता सँगठन प्याबसन गौरीगञ्जले आयोजना गरेको पालिका स्तरिय गायन तथा नृत्य प्रतियोगितामा गौरीगञ्ज ३ स्थित ज्ञानोदय माबिले ३ बिधामा जीत हात पारेको छ ।
शनिबार सम्पन्न राष्ट्रिय गीत तर्फको नृत्य प्रतियोगितामा ज्ञानोदय माबि प्रथम भएको थियो भने आज आइतबार सम्पन्न कक्षा १ देखि ५ सम्मको आधुनिक नृत्य र कक्षा ९ देखि १२ सम्मको साँस्कृतिक नृत्यमा समेत ज्ञानोदयले प्रथम स्थान हासिर गरेको छ ।
बक्षा १ देखि ५ सम्मको आधुनिक नृतय तर्फ युनिभर्सल एकेडेमी द्वितिय । सनसाइन स्कुल कोरोबारी तृतिय भएको छ । त्यसै गरि कक्षा ९ देखि १२ सम्मको साँस्कृतीक नृत्यमा युनिभर्सल एकेडेमी द्वितिय र क्रिमसन स्कुल तृतिय भएका छन् । राष्ट्रिय गीत नृत्य तर्फ भने स्नोह्वाइट द्वितिय र युनिभर्सल तृतिय भएका थिए ।
कक्षा १ देखि ८ सम्मको साँस्कृतिक नृत्य तर्फ भने देबकोटा माबि प्रथम भएका छन् । सो बिधामा स्नोह्वाइट द्वितिय र क्रिमसन तृतिय भएका छन् ।
गौरीगञ्ज २ कोरोबारी स्थित सनसाइन बोर्डिङ स्कुलको प्राँगनमा आयोजित प्रतियोगिताको पहिलो दिन गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए भने दोश्रो दिन प्याबसनका केन्द्रिय अध्यक्ष नारायण प्रसाद घिमिरेले गरेका थिए । कार्यक्रमको सञ्चालन भने स्नोह्वाइट स्कुलका प्रिन्सीपल तथा गीतकार गोपाल राजवँशीले गरेका थिए ।
बिजेता समुहलाइ प्रमाण पत्र र ट्रफी सहित पुरस्कृत गरिएको छ ।

