
नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्यमा घटाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार पेटोलिय पदार्थको मूल्य प्रतिलिटर २ रुपैयाँ घटेको निगमले जनाएको छ । उक्त मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ ।
स्वाचालित मूल्य प्रणाली अनुसार पेट्रोल–डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँको दरले घटाएको हो । समायोजन पश्चात पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९७–९७ रुपैयाँ कायम गरेको निगमले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

