जन्मने बित्तिकै आमाको मृत्यु, शिशुको बिचल्ली

पढ्न समय: 2 मिनेट


रबिन्द्र बराल
नवजात शिशुलाई जन्म दिएकाे केही घन्टा पछि अामा काे मृत्यु भए पछि दुई महिने दुघे बालकाे बिचल्ली भएको छ । माेरङकाे सुनवर्सि नगरपालिका ६ स्थित गधाधर माध्यमिक बिधालय देखि उत्तरमा रहेकाे केरन्जा नजिकै मुसहर टाेलमा बसाेबास गर्दे अाएका ७० बर्षकी निसि देवि ऋिषिदेव लाई अहिले दुई महिनेे रेनुका ऋिषिदेव नातिनी लाई पालनपोषण गर्ने हम्मेहम्मे परेको छ । मंसिर २८ गते २५ बर्ष कि बुहारी करिसमा ऋिषिदेव लाई बेथाले च्यापे पछि उनका श्रीमान अनन्तलाल ऋिषिदेव र अाफ्नत ले उनलाई बिराटनगर स्थित नाेवेल अस्पतालमा प्रसुति गराउन पुर्याएका थियोे । अस्पताल ले करिसमा लाई सल्यक्रिया बाट २९ गते नवजात शिशुलाई जन्म दिएको केही घन्टा पछि अामा काे मृत्युु भएको परिवारले बताए । हामी गरिव काे बाेलिदिने काेहि नभए पछि लास बाेकेर घर फर्कनु बाहेक केही रहेन ।

शिशु काे स्वास्थ्य अवस्था नराम्रो भएको भन्दै अस्पताल ले अन्यत्र बच्चालाई रिफर गरेको र अामा लाई साेहि अस्पतालमा अाईसुमा राखेर उपचार गरेको अामा निसि देवि ले बताईन । पैसा काे अभावका कारण उनले अाफुले गलामा लगाएकाे चाँदिकाे सिक्रि समेत बिक्री गरेर बुहारी काे उपचार गराएकाे दुखेसाे पाेखिन । तर बुहारीलाई भने बचाउन नसकीएकाे अामा निसि देवि ले बताईन । श्रीमती काे मृत्युु भए पछि उपचारका मा लागेकाे डेर लाख रुपैयाँ ऋिण तिर्नका लागि बुबा अनन्तलाल समेत दुई महिना देखि भारत काे केरला मा काम गर्ने गएपछि घरमा रहेका बृद्घ बुबा, अामा, ले अहिले नवजात शिशुकाे स्यहार सुसार गरिरहेका छन । घरकाे अार्थिक अभाव समेत दैनिय भए पछि नवजात शिशु लाई दैनिकी दुघ खुवाउन समेत धेरै समस्या परेको हजुर अामा निसि देवि ले बताईन । बस्न का लागि अाफ्नाे नत जग्गा नै छ नत घर नै छ । बृद्घ बुबा ,अामा अहिले भान्जा कलशदेव ऋिषिदेव काे १० घुर जग्गामा सानाे घर बनाएर बसिरहेका छन । घरमा एक दाना चामल समेत छैन, काम गर्ने जाउभने शरिरमा शक्ति छैन, उनी हरु भान्जा कै घरमा बसेर खाई रहेका छन । शिशुलाई हुर्काउन केही स्थानीय संग सहयोग मागेर पालनपोषण गरेको समाज सेवि बैजनाथ झा ले बताए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *